धुर्मुस सुन्तली फाउण्डेसनमा जागिरको अवसर !


प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार

हास्यकलाकार सीतारम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ ले स्थापना गरेको धुर्मुस सुन्तली फाउण्डेसनमा जागिरका लागि आवेदन खुलेको छ ।बहुआयामिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेको धुर्मुस सुन्तली फाउण्डेसनका लागि विभिन्न २३ वटा शीर्षकमा आवेदन खुलाइएको हो।

धुर्मुस सुन्तली फाउण्डेसनले खुल्ला गरेको आवेदनमा प्रोजेक्ट म्यानेजर, कन्स्ट्रक्सन म्यानेजर, अफिस म्यानेजर, कम्युनिकेसन म्यानेजर, मार्केटिङ म्यानेजर, एचआर म्यानेजर, फाइनान्स म्यानेजर, प्रोडक्सन म्यानेजर, आईटी म्यानेजर, सोसल मिडिया एक्स्पर्ट, सिभिल तथा आर्किटेक इञ्जिनियर, साइट इञ्चार्ज, इन्टेरियर डिजाइनर, एक्जिक्युटिभ सेक्रेटरी, आईटी अफिसर, पब्लिक रिलेसन अफिसर, क्यामरा पर्सन, एक्जिक्युटिभ असिस्टेन्ट लगायतका २३ शीर्षकमा नेपाली नागरिक भएका तथा अनुभवी व्यक्तिहरुको माग गरेको छ ।

आवेदन भर्न चाहने नेपालीहरुले merojob.com/project-manager-269/ मा गएर आवेदनभर्न सकिने छ । जागिरका लागि आवेदन दिँदा आफूले लिन चाहेको मासिक तलब पनि उल्लेख गर्नु पर्ने बताइएको छ ।

‘नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणसँगै नेपालीहरुलाई आत्मनिर्भर बनाउनु पनि हाम्रो उद्धेश्य हो, र हामी त्यसैका लागि अघि बढिरहेका छौँ’, धुर्मुस सुन्तली फाउण्डेसनका प्रमुख सीताराम कट्टेल धुर्मुसले भने । ‘यतिबेला हामीले सबै नेपालीहरुबाट सहयोग चाहेका छाैँ, र देश विदेशमा रहनु भएका नेपालीहरुले हामीलाई सहयोग गरिरहनु भएको छ । अझ धेरै सहयोगको आशा राख्दै सबै सहयोगी मनलाई धन्यवाद दिन चाहन्छु’, धुर्मुसले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चितवनमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ विभिन्न कार्यक्रमहरुको आयोजना हुँदै आएका छन् । केही समयअघि मात्र धुर्मुस सुन्तली मलेसियामा आयोजना भएको धुर्मुस सुन्तली साँझमा सहभागी भएर नेपाल फर्किएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com