दुबई पुग्यो नेपाली पानी, अदुवा र अलैँची


प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार

संयुक्त अरब एमिरेट्स ‘यूएई’मा नेपाली खानेपानी बोतल आइपुगेको छ । नेपाली खानेपानी बोतल तत्काल बजारमा आम सर्वसाधारणले खरिद गर्न पाउने गरी नभई यूएईको दुबईमा चलिरहेको गल्फ फूड प्रदर्शनीमा नेपाली उत्पादनसँगै ल्याइएको हो । प्रदर्शनीमा नेपालमा उत्पादन हुने पाँचवटा सामग्री राखिएको छ । प्रदर्शनीमा अलैँची, अदुवा, चिया, खानेपानी र कफी छन् । तीे नेपाली सामग्रीमा विभिन्न देशका अवलोकनकर्ता आकषिर्त देखिएका छन् । खानेपानी मन्त्री बिना मगरले नेपालको पानी खाडीमा बेच्ने उद्घोष गरेअनुरुप बजार बुझ्न र नेपाली पानी चिनाउन नेपाल बोटल वाटर उद्योग संघले प्रदर्शनीमा सहभागिता जनाएको हो ।

दुबईको वर्ल्ड ट्रेड सेन्टरमा राखिएको प्रदर्शनीमा नेपालको प्रतिनिधित्वका लागि सांसद योगेश भट्टराईको पहलमा सरकारले स्टलको व्यवस्था गरेको हो । नेपाली उत्पादन सबै एउटै स्टलमा राखिएको छ । एउटा स्टलको १५ हजार अमेरिकी डलर सरकारले व्यवस्था गरिदिएको र बाँकी अन्य खर्च व्यक्तिगत रुपमै व्यवसायीले खर्च गरेर यूएई आएका हुन् । अरबका विभिन्न देशका अवलोकनकर्ताले नेपाली उत्पादनप्रति विशेष चासो देखाएका छन । बहराइन, ओमान, कुवेत, साउदी अरबलगायतका राष्ट्रका अवलोकनकर्ताले ने पाली उत्पादन आफ्नो देशसम्म पुर्याउन चाहेको प्रदशनीमा आउनु भएका नेपाल अलैँची व्यवसायी महासंघका कोषाध्यक्ष सुवास भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो ।

‘नेपालको अलैँची तथा अदुवामा धेरै अवलकोनकर्ताले चासो देखाएका छन्’, भट्टराईले भन्नुभयो । अन्य देशको तुलनामा नेपाली उत्पादनप्रति विदेशीको चासो भए पनि बजार प्रवर्द्धन गर्न नसक्दा क्रेता र बिक्रेताबीच सम्बन्ध विकास हुन नसकेको भट्टराइले बताउनु भयो । खाडीमा नेपालमा उत्पादित सामग्रीको माग भए पनि बजारमा समान पुराउनु पहिले प्रयोगयोग्य समान हुन्, होइनन भनेर प्रमाणित गर्नुपर्ने हुन्छ । यस पटकको प्रदर्शनीमा त्यसरी प्रमाणीकरण गर्न यूएई सरकारले निर्धारण गरेका कम्पनीहरुले समेत स्टल रा खेर जानकारी गराइरहेको सेवा प्रदायक कम्पनी गल्फटेकका प्राविधिक म्यानेजर एर्लिनी लिआमाडोले बताउनुभयो ।

उत्पादक र बजार व्यवस्थापक दुवै एउटै प्रदर्शनीमा भेट हुने र छलफल गरिने भएकोले नेपाली उत्पादन सामग्रीको प्रचारमा फाइदा पुगेको नेपाल अलैँची व्यवसायी महासंघ अध्यक्ष निर्मल भट्टराईले बताउनुभयो । १ सय २० देशका झण्डै ४५ सय स्टलहरुमध्ये नेपा ली उत्पादन स्टल नम्बर १ सय ६६ मा राखिएको छ । फागुन ५ गते आइतबारबाट सुरु भएको प्रदर्शनी आज बिहीबार सकिँदै छ । प्रदर्शनीमा नेपालको प्रतिनिधित्व गर्दै नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई, कोषाध्यक्ष सुवास भट्टराई र केन्द्रीय सदस्य निमेश मित्तल, चिया तथा कफी विकास बोर्डका तर्फबाट डिल्ली गौतम,परशुराम सापकोटा सहभागी हुनुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com