यो हप्ता मात्रै जले १२ करोड बराबरका नोट !


प्रकाशित मिति : फाल्गुन ९, २०७५ बिहीबार

नेपाल राष्ट्र बैंकलेले चलनचल्तीमा प्रयोग गर्न नमिल्ने, थोत्रो, च्यातिएको र कामै नलाग्ने नोट विभिन्न समयमा जलाउँदै आएको छ । राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका अनुसार राष्ट्र बैंकले यसै हप्ता मात्रै राष्ट्र बैंकले झण्डै रु १२ करोड बराबरका नोट जलाएकाे छ।

पछिल्लो समय राष्ट्र बैंकले नष्ट गर्ने नोटको परिमाण बढ्दै गएको छ । चालू वर्षकाे पहिलो ६ महिनामा ४७ अर्ब ११ करोड ६३ लाख रुपैयाँ बराबरका झुत्रा नाेट जलाइएकाे छ। पुराना र काम नलाग्ने नोटलाई थापाथली राष्ट्र बैंक परिसर मै नष्ट गर्ने गरिन्छ ।

गत आर्थिक वर्ष ५६ अर्ब ३६ करोड रुपैयाँ बराबरका नोट जलाइएका थिए । जलाइएका नोटको परिमाण २८ करोड ४ लाख ४३ हजार ७१ थियो । त्योभन्दा अगाडि आर्थिक वर्ष २०७३–७४ मा २५ अर्ब ७५ करोड रुपैयाँ मूल्यका १९ करोड ३७ लाख १ हजार ५ सय १४ वटा नोट जलाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

जलाउनका लागि कसरी छनाेट हुन्छ नोट ? 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दैनिक जीवनमा प्रयोग हुने नोट प्रयोग सुरक्षित नहुँदा राष्ट्र बैंकले जलाउने नोटको परिमाण बढ्दै गएको छ । बैंकले नोटको स्याहार र संरक्षणका लागि पटक पटक सूचित गराउँदा पनि सर्वसारधणले यसप्रति वेवास्ता गर्दा चाँडै नै नोटहरु झुत्रा बन्ने समस्या बढ्दो छ ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौला अनुसार झुत्रा, मैला, च्यातिएका, लेखिएका नोटहरू केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभाग र उपत्यका बाहिरका सातवटा स्थानमा जम्मा गरिँदै आएको छ।

राष्ट्र बैंकको ढुकुटीमा पुगेका नोटबाट सफा नोट अर्थात् चलनचल्तीमा आउन सक्ने नोटलाई सेतो ट्याग लगाएर पुनः भुक्तानी दिइन्छ वा बजारमा पठाइन्छ। तर म्याद गुज्रिएका वा झुत्रा नोटमा भने रातो ट्याग लगाएर जलाउन सञ्चित गरिन्छ । पुराना नाेट नष्ट गरेपछि साेहि परिमाणमा नयाँ नाेट छाप्नु पर्ने हुन्छ, जसका लागि राष्ट्र बैंककाे वर्षेनि कराेडाैं खर्च हुने गरेकाे छ ।

राष्ट्र बैंकका अनुसार ५, १०, २०, ५० र १०० का नोट छपाउँदा प्रतिनोट औसत १ रुपैयाँ ६५ पैसा लागत पर्छ। त्यस्तै, ५०० र १००० का नोट छपाउँदा प्रतिनोट औसत २ रुपैयाँ ६४ पैसा लागत पर्छ।

नोट झुत्रिने क्रम बढ्दै

कार्यकारी निर्देशक निरौलाका अनुसार ठुला नोट (५ सय र हजार रुपैयाँ दरका नोट)को आयु आयु साढे तीन वर्ष अनुमान गरिएकाे छ । यस्तै साना नोटको आयु साढे दुई वर्ष हुने अनुमान गरिएको छ ।

यद्यपि, कागजी मुद्राको आयु व्यक्तिको प्रयोग गर्ने शैलीमा पनि भर पर्छ । राष्ट्र बैंकका अधिकारी भने नोटको गुणस्तरभन्दा लापरबाहीपूर्वक प्रयोग गरिनुले नै झुत्रिने क्रम बढ्दै गएको दाबी गर्छन्। तर पछिल्लो समय राष्ट्र बैंकबाट छापिएका नोटको गुणस्तर कम हुनुले पनि छिटो झुत्रिएको हो कि भन्ने शंका छ।

खासगरी नोट छाप्दा देशको आर्थिक बृद्धिदर, मुद्रास्फितीको दर, बजेटको आकार, सर्कुलेसनको ट्रेण्ड, विनिमयदरको अवस्था, डिजिटल पेमेन्टको अवस्था, विप्रेषणको प्रवाह, भुक्तानी सन्तुलन लगायत मापदण्डलाई हेर्ने गरिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com