विदेशमा मृत्यु र अङ्गभङ्ग हुनेलाई स्थानीय तहबाटै आर्थिक सहायता


प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार

सरकारले विदेशमा मृत्यु भएका परिवारका सदस्य र अङ्गभङ्ग भएर फर्किएका पीडितलाई दिइने आर्थिक सहायता स्थानीय तहबाटै वितरण गर्ने तयारी गरेको छ ।

आर्थिक सहायताका लागि राजधानीस्थित वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयमा आउनुपर्ने अहिलेको अवस्थालाई सहज बनाउन सरकारले स्थानीय तहबाटै वितरण गर्ने तयारी गरेको हो ।

बोर्डले स्थानीय तहको समन्वयमा आर्थिक सहायता निर्दे्शिका –२०७५ मस्यौदा तयार गरेर अन्तिम रूप दिएर स्वीकृति गर्न मन्त्रालयलमा पठाएको छ । उक्त निर्दे्शिका स्वीकृत भएर आएपछि स्थानीय तहबाट सहायताबापतको रकम दिन शुरु गरिने बोर्डले जनाएको छ ।

वैदेशिक रोजगार नियमावलीअनुसार रोजगारको करार अवधिभित्रमा ज्यान गुमाएका परिवारका सदस्यले बोर्डबाट सात लाख रूपियाँ आर्थिक सहायता पाउँछन् । त्यसको लागि मृत्यु भएको एक वर्ष्भित्र निवेदन दिएमा ज्यान गएका व्यक्तिका परिवारलाई बोर्डले एकै दिनमा चेक दिने व्यवस्था गरेको छ । अङ्गभङ्ग भएका व्यक्तिको हकमा पनि करार अवधिभित्रै अङ्गभङ्ग भएर फर्किएका व्यक्तिले अपाङ्गताको अवस्थाका आधारमा आर्थिक सहायता रकम प्राप्त गर्न सक्छन् । त्यसका लागि पीडित व्यक्ति वा परिवारले चिकित्सकले अङ्गभङ्ग भएको अवस्थाबारेमा प्रमाणित गरेको कागजका आधारमा बढीमा सात लाख रूपियाँ सहायता रकम प्राप्त गर्नसक्ने व्यवस्था छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com