रेस्टुरेन्ट, शौचालय, सुत्ने कोठा भएको बस आजबाट संचालनमा


प्रकाशित मिति : फाल्गुन ७, २०७५ मंगलबार

काठमाडौं उपत्यका लगायत देशका विभिन्न क्षेहरुमा अन्तराष्ट्रिय स्तरका गाडीहरु चल्न थालेका छन् । पोखरा जगदम्बा ट्राभल्स प्रालिले बागलुङ–काठमाडौँ अति विशिष्ट (भिआइपी) बस सेवा शुरु गरेको हो । वातावरण अनुकुलित बसमा खाजा, चिया, कफी, चिसो पेयपदार्थ, निःशुल्क वाइफाइ, शौचालय आदिको सुविधा भएको जानकारी दिइएको छ ।

बीस सिट क्षमताको बस आइतबारदेखि हरेक दिन साँझ ६ः३० बजे काठमाडौँका लागि र सोही समयमा काठमाडौँदेखि बागलुङका लागि छुट्ने भएको छ । यात्रुको माग र सुविधालाई दृष्टिगत गरेर अत्याधुनिक सुविधायुक्त बस सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले जनाएका छन् । उनले भने, “बागलुङमा पहिलोपटक भिआइपी बस सेवा शुरु भएको छ ।”

उनले यात्रुको सन्तुष्टी र सुरक्षाप्रति आफुहरु प्रतिबद्ध भएको समेत जनाएका छन् । धवलागिरि अञ्चल बस व्यवसायी सञ्चालक समितिमा आबद्ध भई प्रालिले बस सञ्चालन गरेको छ । बागलुङ–काठमाडौँ भाडादर १५०० तोकिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जसमा बसभाडाबाहेक खाजा, चिया, पानी, मनोरञ्जन, चिसो पेयपदार्थ आदिको शुल्क जोडिएको छ । यात्रुले सुत्न चाहे सयन कक्ष समेत रहेको जनाइएको छ । भित्र पुरै रेष्टुरेन्टको ब्यवस्था हुन्छ । जे खान चाहेपनि हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com