नेपाल २०२२ सम्म विकासशील राष्ट्रका रुपमा उक्लने– अर्थमन्त्री खतिवडा


प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नेपाल लगानीका लागि उपयुक्त क्षेत्र भएको बताउनुभएको छ ।  कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको ‘कान्तिपुर कन्क्लेभ’को विश्व रंगमञ्चमा नेपालको उपस्थिति विषयक सोमबारको सत्रमा बोल्दै अर्थमन्त्री खतिवडाले नेपाल लगानीका लागि उपयुक्त क्षेत्र भएको वताउनुभएको हो । उहाले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको र कुनै पनि समस्या नभएका दाबी गर्नुभयो ।
अर्थमन्त्री खतिवडाले नेपालको वर्तमान सरकार प्रजातन्त्रीक निर्वाचनबाट बनेको र सरकारकोलागि विकास नै पहिलो प्राथमिकता रहेको उल्लेख गर्नृुभयो ।

उहाले हिजोको सत्रमा विषेश सम्वोधन मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल लगानीका लागि उर्वर गन्तव्य भएको बताउनु भएको प्रसंग स्मरण गर्दै आफुले विदेशी लगानीकर्ताहरुसग औपचारिक तथा अनौपचारिक वार्ताहरुबाट लगानी संकलन गर्ने विषयमा प्रगति भइरहेको बताउनुभयो । उहाले सन २०२२ सम्ममा नेपाल विकासशील राष्ट्रका रुपमा उक्लने दाबी गर्नुभयो ।

त्यसैगरी पराराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले संविधान जारी हुनु र शान्ति प्रक्रियाको पूर्णताले नेपाललाई विकासको युगमा प्रवेश गराएको बताउनुभयो । मन्त्री ज्ञावलीले नेपाल कम्युनिस्ट पार्टीकोे नेतृत्वमा सरकार बनेपछि स्थिर र समृद्ध नेपालका लागि मार्ग प्रशस्त भएको दाबी गर्नुभयो । नेपालमा बिगतका द्वन्द्व र अस्थिरताका कारण भएका कठिनाइबारे चर्चा गर्दै यसले समाजमा सिर्जना गरेका समस्यालाई समाधन गर्न सरकार गम्भीर रहेको उहा“ले बताउनुभयो । कार्यक्रममा सामाजिक तथा आर्थिक विकासका लागि लगानी र विकास योजनाहरुबारे छलफल भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com