भोली प्रजातन्त्र दिवस : के हुन्छ सार्वजनिक बिदा ?


प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार

अघिल्लो बर्षदेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको थियो । २०७४ चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकले बिदा कटौती गर्ने निर्णय गरेको थियो ।

बिदा कटौतीसँगै २०७४ सालको तुलनामा ०७५ सालमा २२ दिन बढी सरकारी कार्यालय खुलेका छन्। सरकारले लक्ष्य लिएको आर्थिक समृद्धि हासिल गर्न कार्यदिवस बढाउनुपर्ने भएकाले सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरिएको सरकारको स्पष्टोक्ति थियो । सरकारको निर्णयअनुसार २०७५ सालमा सार्वजनिक बिदा ८९ दिन मात्रै हुनेछ । अब विदा जम्मा १ दिन मात्र बाँकी ।

यसमा सबैका लागि ६७ र कुनै खास धर्म र सम्प्रदायका लागि २२ दिन बिदा हुनेछ । सरकाले गणतन्त्र दिवस, लोकतन्त्र दिवस, निजामती सेवा दिवस, राष्ट्रिय एकता दिवस, सहिद दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, घटस्थापना, दसैँको द्वादशी र कोजाग्रत पूर्णिमा, रामनवमी, श्रीकृष्ण जन्माष्टमी, जनैपूर्णिमा, ऋषिपञ्चमी लगायतका बिदा कटौती गरेको थियो ।

यसैले यो बर्षको प्रजातन्त्र दिवसमा सार्वजनिक विदा हुने छैन । अब फागुन महिनामा २० गते महाशिवरात्री र नेपाली सेना दिवसका दिन सबैलाई विदा हुनेछ । २४ गते नारी दिवस (महिला कर्मचारीलाई मात्र बिदा) हुनेछ । चैत्र ६ गते फागु पुर्णिमा (पहाडी जिल्ला बिदा) हुनेछ उक्त दिन विश्व मुख स्वास्थ्य दिवस र अन्तर्राष्ट्रिय खुशीपनि पर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चैत्र ७ गते फागु पुर्णिमा (तराइ बिदा) रजातिय उत्पीडन विरुद्धको दिवस, विश्व कविता दिवस, विश्व डाउन सिन्ड्रोम दिवस पर्नेछ । चैत्र २२ गते घोडे जात्रा (काठमाडौं मात्र बिदा) हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com