अष्ट्रेलियाबाट नेपालका ९ विद्यालयहरुलाई सहयोग, एनआरएनए अध्यक्ष भट्टद्वारा रकम हस्तान्तरण


प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार

नेपालीहरु आफ्नो देशबाट टाढा रहेतापनि देशको समृद्धिको लागि एकजुट भएर प्रभावकारी कामहरु गर्दै आएका छन् । यसैक्रममा एनआरएनए अष्ट्रेलिया एससीसी एनएसडब्लुले गत वर्ष गाला डिनर कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रम नेपालमा रहेका विभिन्न जिल्लाका विद्यालयहरुलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको थियो । कार्यक्रममा विद्यालयहरुको सहयोगार्थ ९ लाख रुपैयाँ संकलन भएको थियो ।

देशको शैक्षिक क्षेत्रको उन्नतिको लागि अष्ट्रेलियावासी नेपालीहरुले सहयोग गरेको उक्त रकम नौं जिल्लाका नौं वटा विद्यालयलाई प्रदान गरिएको छ । ती विद्यालयहरुमा ताप्लेजुङ्गको दुर्गा मा.वि, सप्तरीको राष्ट्रिय नि.मा.वि, नुवाकोटको बछला मा.वि, धादिङ्गको मण्डली मा.वि, लमजुङ्गको जनज्योति मा.वि, कास्कीको प्रभात नि.मा.वि, बाँकेको श्री रारा मा.वि, कालिकोटको थिगेल्नि देवी स्कुल र बाजुराको चन्द्रनाथ स्कुल रहेका छन् ।

कार्यक्रमबाट उपलब्ध भएको रकम नेपालका विद्यालयहरुका लागि हस्तान्तरण गरिएको छ । काठमाडौं स्थित एनआरएनको मूख्य कार्यालयमा एनआरएनएका अध्यक्ष भवन भट्टले रकम हस्तान्तरण गरेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रमको उद्देश्य सफल भएकोमा खुशी व्यक्त गर्दै आयोजकले स्कुल संयोजक दिपक पहारी, एससीसी एनएसडब्लुका पूर्व संयोजक अर्जुन के सी, सचिव पूजा चन्द, सह सचिव सरोज पाण्डे, कोषाध्यक्ष सब्बु महर्जन, स्टेट युवा संयोजक विजय पौल, स्टेट महिला संयोजक सन्ध्या शाह, एससीसी सदस्यहरु सुजाता उपाध्याय, दिल तामाङ्ग, निभा गिरि, हिरा गिरि, कुमार जंग शाह, दिनेश भण्डारी, नविन प्रसाई लगायत सबै एनसीसी तथा आइसीसी सदस्यहरुलाई कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद व्यक्त गरेका छन् ।

यसका साथै आयोजकले आफूहरुको उद्देश्यलाई बुझेर हातेमालो गरि अगाडी बढेकोमा सम्पूर्ण सहयोगदाता, प्रायोजकहरु तथा मिडियाहरुलाई धन्यवाद दिएका छन् । आयोजकले कार्यक्रमको उद्देश्य पूरा गर्न महत्वपूर्ण योगदान दिएका एनआरएनए अष्ट्रेलियाका भूतपूर्व अध्यक्ष महेन्द्र ओली, आइसीसी सदस्य उषा किरण पोख्रेल, पूर्व आइसीसी युवा संयोजक विजय पोख्रेल र आइसीसी आइटि म्यानेजर हर्षित श्रेष्ठ प्रति कृतज्ञता प्रकट गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com