भेनेजुएलाले गर्यो युरोपेली सांसदहरुलाई देश निकाला


प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार

भेनेजुएला सरकारले भेनेजुएला भ्रमणमा रहेका पाँच जना युरोपेली सांसदहरुलाई देश निकाला गरेको छ । विपक्षी नेता हुँवा गुएिदोले सरकारको उक्त कदम “अविवेकी” रहेको बताउनुभएको छ । युरोपेली संसदका सदस्यलाई देश निकाला गर्नुपर्ने स्पष्ट कारण भेनेजुएला सरकारले नखुलाएको टोली नेता एवं स्पेनका तर्फबाट युरोपेली सांसद एस्टब्यान गोन्जालेज पोन्सले बताउनुभयो ।सांसद पोन्सले भन्नुभयो, “हामीलाई भेनेजुएला छाड्न भनिएको छ । हाम्रो पासपोर्ट खोसिएको छ। देश निकाला गर्नुपर्ने कारणबारे सरकारले हामीलाई केही बताएको छैन ।”

यो पछिल्लो घटनाले राष्ट्रपति निकोलास मदुरो र अन्तर्‍ाष्ट्रिय समुदायबीचको तनाब अझ बढाएको छ । गत महिना राष्ट्रिय सभाका अध्यक्ष समेत रहनुभएका विपक्षी नेता हुँवा गुएिदोले मुलुकको अन्तरिम राष्ट्रपति आफू रहेको घोषणा गरेयता शक्ति सङ्घर्ष चरम अवस्थामा पुगेको छ ।

गुएिदोलाई ५० भन्दा बढी देशले समर्थन गरेका छन् । तीमध्ये युरोपका ३० वटा देश रहेका छन् । देश छाड् आदेश दीएका अरु सांसदहरुमा जोजे इग्नासीयो सालाफ्रान्का, ग्याब्रिएल माटो आद्रोभर, एस्थर डी लाङे र पाउलो रान्जेल रहेका छन् । उनीहरु सबै युरोपेली पिपुल्स पार्टीका सदस्य हुन् ।

सांसदहरुलाई देश निकाला गरिएकोप्रति आपत्ति जनाउँदै विश्व समुदायबाट एक्लिँदै गएको मदुरो सरकारको पछिल्लो कदम अविवेकी हो भन्नुभएको छ । विपक्षी नेता गुएिदोले भेनेजुएलाका निम्ति मित्रराष्ट्रले पठाएको आतकालीन मानवीय राहत सामग्री देशभित्र ल्याउन आम नागरिक समक्ष अपिल गर्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भेनेजुएलासँग सीमा जोडिएको कोलम्बियाको कुकुटामा खाद्यान्न, सरसरफाईका सामान तथा पोषणयुक्त खाद्य अैपुगेको छ । तर त्यसलाई भेनेजुएला प्रवेश गर्न सरकारले अनुमति दिएको छैन । ब्राजिल र भेनेजुएलासँगै सीमा जोडिएको कुर्आकाओमा पनि सामग्री भण्डारहरु स्थापना गर्ने तयारी थालिएको छ । “हाम्रो मुख्य लक्ष्य नै फेब्रुअरी २३ सम्ममा दश लाख स्वयंसेवी परिचालन गर्ने भन्ने हो,” गुएिदोले बताउनुभयो ।

करिब ६ लाख भेनेजुएलाबासीले सीमामा रोकिएको सहायता देशभित्र ल्याउन हस्ताक्षर गरिसकेका छन् । विपक्षी नेता गुएिदोले सबै स्वयंसेवीलाई सीमामा गैइ सामग्री देशभित्र ल्याउन आह्वान गर्नुभएको छ ।

अमेरिकी सिनेटर मार्को रुबियो सहायता कार्यको प्रत्यक्ष अवलोकनका लागि आ ईतबार कुकुटा पुग्नुभएको छ । उहाँले कोलम्बिया र भेनेजुएला जोड्ने सिमोन बोलिभार अन्तर्‍ाष्ट्रिय पुलको पनि निरीक्षण गर्नुभएको छ । तीन वटा अमेरिकी सैनिक कार्गो विमानले दर्जनौं टन खाद्य सामग्री कुकुटा ल्याएका छन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com