छोराबुहारीले बसिखानु नदिएपछि ७१ वर्षमा अर्काे बिहे, अहिले पनि आफै कमाउँछन्


प्रकाशित मिति : फाल्गुन ५, २०७५ आईतबार

दाङको घोराही उपमहानगरपालिका–१० लमडरुवा डाबरस्थित ऐलानी बस्तीको सानो झुपडीमा बस्ने एक वृद्धा आमाको संघर्ष र उद्यमशीलताको निकै मार्मिक कथा छ ।

सानै उमेरदेखि बाँसका सुपा बुन्न सिकेकी ७२ वर्षीया भुमकला घर्तीको बुढेसकालमा यही सीप नै सहारा बनेको छ । अहिले पनि उहाँ दैनिक तीनवटा जति सुपा बुन्नुहुन्छ, आफू र श्रीमान्को जोहो यसैबाट चलेको छ । ‘यत्ति त होइन, सानो श्रीमान्को पसल पनि छ’ –आफ्नै सीप र श्रमको त्यति बढाइचढाइ गरेको मन पर्दैन उहाँलाई ।

साविक सैघाको खानीगाउँमा जन्मेकी भुमकलाको गाउँमै सानैमा विवाह भयो । एक छोरा र चार छोरी जन्मे । छोरीहरु सबैको विवाह भयो । छोराले पनि बिहे गरे । श्रीमान् रहँदासम्म राम्रै थियो उहाँको परिवार तर श्रीमान् बितेपछि छोराबुहारीबाट सम्मान पाउन सक्नुभएन । ‘बुढा त बितिगए, छोराबुहारीले राम्रै व्यवहार गर्लान् भनेर बाह्र वर्षसम्म बसें’, उहाँ विगत सम्झनुहुन्छ– ‘तर, पछिपछि त छोराबुहारी नै लागेर मलाई पिट्न थालेपछि बसिनसक्नुभयो र नयाँ घरबारको सोच बनाएँ ।’

नभन्दै साविक सैघाकै श्रीमती बितेका एक वृद्ध भेट्नुभयो उहाँले । ‘उहाँको पनि श्रीमती बितेको दुईवर्ष भएको रहेछ, म पनि बाह्र वर्षदेखि छोराछोरीको पिटाइ खाँदाखाँदा हुक्क भइसकेकी थिएँ’, ७१ वर्षको उमेरमा नयाँ घरवार बसाउनुको कारण खोल्दै उहाँले भन्नुभयो– ‘दुवैका दुःख उस्तै रहेछन्, मन मिल्यो अनि ७१ वर्षमा नयाँ घरबार जोडियो ।’ याे समाचार आजकाे नेपाल समाचारपत्रमा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com