सुन्तलाले दिएकाे खुशी


प्रकाशित मिति : पुस १९, २०७३ मंगलबार

यो वर्ष दैलेखका कृषकहरु निकै खुशि देखिएका छन् । घर नजिकैका बगैँचामा रहेका सुन्तलाका बोटमा लटरम्म फलेका सुन्तलाले बजार पाउन थालेपछि स्थानीय कृषकहरु खुशी देखिएका हुन । यस पटक कृषक व्यापारीसँग किनबेचमै व्यस्त भएका छन् । बजार मुल्य प्रति केजी ५० रुपयामा खरिद गरेर ब्यापारीले गाडी लिएर घरमै आएका लैजाने गरेका छन् भने स्थानीबासीले समेत सदरमुकामा बेच्न डोकोमा बोकेर लैजाने गरेका छन् । विगतका वर्षभन्दा यो वर्ष बारीमा सुन्तला धेरै फलेपछि दुल्लु नगरपालिकाका कृषक विनोदकुमार केसी  भन्छन्, ‘घर खर्च चलाउन र बालबालिका पढाउन समेत यसै बाट पुग्ने भएको छ ।’

जिल्ला कृषि विकास कार्यालयले सुन्तला हुर्काउन र राम्रो फल दिनका लागि किसानहरुमँझ प्राविधिक सल्लाह दिएको जनाईएको छ । यो वर्ष जिल्लाभरबाट १० करोडको सुन्तला निकासी हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

विशेष गरि चिसो हावापानी भएको क्षेत्रमा सुन्तला खेती फस्टाउने भएकोेले मध्य पहाडी हावापानी भएको क्षेत्रमा सुन्तला खेती राम्रो हुने गरेको छ । सुन्तलाको लागि उपयुक्त हावापानी भएको कारण यहाँका किसान व्यवसायिक रुपमा सुन्तला खेतीतर्फ आकर्षित भएका हुन् ।
जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत राजु भुजका अनुसार दैलेखको १५ सय ७६ हेक्टरमा सुन्तला लगाएको भएपनि यस वर्ष पाच सय ८५ हेक्टरमा पाँच हजार आठसय ८६ मेटिक टन उत्पादन भएको छ । दैनिक ५÷६ गाडी सुन्तला जिल्ला बाहिर जाने गरेको छ ।

सुन्तला खेतीको राम्रो स्याहारसुसार भएको खण्डमा एक हेक्टर क्षेत्रफलमा कम्तिमा पनि १० मेट्रिक टन सुन्तला उत्पादन हुने गर्दछ । यस वर्ष सुन्तला खेतीको उत्पादन राम्रो भएको र बजार मूल्य पनि राम्रो भएको जिल्ला कृषिविकास कार्यालयले जानकारी दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

व्यवसायिक रुपमा सुन्तला खेती गरेका कृषकले मंसिर महिनाबाट सुन्तला टिप्न सुरु गर्ने गर्छन् । दैलेखमा ४ ओटा पकेट क्षेत्र व्यवसायीक रुपमा सुन्तला खेती हुने गरेको छ । दुल्लु, लाकुरी, जम्वुकाध, गौमडी छिउडी , मा ब्यवसायिक रुपमा सुन्तला खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालय, दैलेखले जानकारी दिएको छ ।

सामान्यतया सुन्तलाले छदेखि सात वर्षबाट उत्पादन दिन सुरु गर्ने भए पनि कलमी गरेको सुन्तलाले चार वर्षबाट नै उत्पादन दिने गरेको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । कृषकलाई उत्पे्ररण जगाउन जिल्ला कृषि विकास कार्यालयले विरुवामा ५० प्रतिशत अनुदान दिने गरेको छ । मल, सुस्म तत्व र मल लगायत प्रयोग गरेर कृषकका सुन्तला बगैँचामा सुधार ल्याउने बताउँछन्, योजना अधिकृत राजु भुजु ।

सुन्तलाको विरुवा रोपिएपछि राम्रोसँग मल र सिचाईं सुविधा पुगेको अवस्थामा सुन्तलाले राम्रो उत्पादन दिने र सुन्तला टिपेर सकिएपछि मंसिर देखि माघको १५ भित्रमा सुन्तलालाई आवश्यक पर्ने मल तथा सिचाईं उपलब्ध गराउनुपर्ने योजना अधिकृत राजु भुजले बताए । दैलेखमा उत्पादन भएको सुन्तला सुर्खेत, नेपालगन्ज, कैलालीसम्म खपत हुने गरको छ । 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com