‘विदेशबाट फर्कने नेपालीलाई झिटीगुण्टा ल्याउन दिइयोस्’- कुल आचार्य, उपाध्यक्ष, एनआरएनए


प्रकाशित मिति : फाल्गुन ४, २०७५ शनिबार

एनआरएनए आईसीसीका उपाध्यक्ष कुल आचार्यले वैदेशिक रोजगारमा रहेका गैर आवासीय नेपालीहरुलाई त्रिभुवन विमान स्थलमा भैरहेको दुर्व्यवहारले दुखी बनाएको बताउनुभएको छ। यस्ता व्यवहार तत्काल बन्द गरिनुपर्ने उहाँले बताउनुभएको छ । ।

उहाँले भन्नुभयो – ‘वैदेशिक रोजगारलाई व्यवस्थित गर्दै नेपाल फर्कंदा झिटीगुण्टा लिएर घर फर्किने पुरानो चलन यथावत कायम रहनु पर्दछ भन्ने हाम्रो मान्यता हो। गैर आवासीय नेपाली संघले आफ्नो अधिकारिक धारणा वैदेशिक रोजगारमा गएका गैर आवासीय नेपालीहरुप्रति आफ्नो साथ समर्थन रहेको एउटा विज्ञप्तिद्वारा सार्वजनिक गरिसकेको छ।’

विश्वका ८० देशमा रहेका करिब ४५ लाख नेपालीहरुको प्रतिनिधित्व गर्ने साझा संस्था भएकाले वैदेशिक रोजगारीमा रहेका साथीहरुको समस्याको समाधान गर्ने जिम्मेवारी पनि गैर आवासीय नेपाली संघको भएको हुँदा अध्यक्ष भबन भट्टको नेतृत्वमा संघको टिमले समस्याको समाधानको लागि सरोकारवालाहरुसंग निरन्तर छलफल गरिरहेको उहाँले जानकारी दिनुभयो । यसको सकारात्मक परिणाम छिट्टै आउने समेत उहाँको विश्वास छ ।

आफूले पनि व्यक्तिगत तवरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार तथा अध्यागमन विभाग र सरोकारवालाहरुसंग यो समस्यालाई यथाशिघ्र समाधान गर्न अनुरोध गरिरहेको र हालै बेलायतको भ्रमणमा आउनुभएका अध्यागमन विभागका महानिर्देशक इश्वरराज पोख्रेलले आफूहरुसंगको भेटघाटमा गैरआवासीय नेपालीहरुकालागि छुट्टै डेस्क राख्‍नेबारे छिट्टै निर्णय गरिने बताउनुभएको पनि आचार्यले स्मरण गराउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आउँदो साता लण्डन आउन लाग्नुभएका अर्थमन्त्रीसँग पनि आफूले यो विषय उठाउने आचार्यले बताउनुभयो । उहाँले थप्नुभयो – ‘वैदेशिक रोजगारमा जाने गैर आवासीय नेपालीहरुको समस्यासंग हामी धेरै नजिकबाट परिचित छौं र यो समस्याको दीगो समाधान छिट्टै होस् भन्ने पक्षमा लागिरहेका छौं। देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको वैदेशिक रोजगार क्षेत्रमा कृयाशील नेपालीहरुको समस्या समाधानकालागि नेपाल सरकारले छिट्टै निर्णय लिने छ भन्ने पनि हामीले विश्वास लिएका छौं।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com