अपडेट : ७६६३ जना बने एनआरएन अमेरिकाको सदस्य, वेवसाइट सुचारु
प्रकाशित मिति : फाल्गुन २, २०७५ बिहीबार
एनआरएन अमेरिकाको सदस्यता लिने मिति एकदिनमात्रबाँकी रहँदा ७ हजार ६ सय ६३ जनाले सदस्यताका लागि आवेदन दिएका छन् । एनआरएनए अमेरिकाका महासचिव बीआर लामाले जानकारी दिए अनुशार बिहिबार दिउसोसम्म ७६६३ जनाले शुल्क तिरेर एनआरएन अमेरिकाको सदस्यताका लागि आवेदन दिएका छन् ।
सदस्यताका लागि आवेदन दिएर सदस्यता स्वीकृत भइसकेकाहरुको संख्या अहिलेसम्म ४८०४ रहेको छ । त्यस्तै आवेदन दिएका तर शुल्क नतिरेकाहरुको संख्या १४८० रहेको छ । उनीहरुले सदस्यताका लागि सबै विवरण त बुझाएका छन् तर शुल्क भने तिरेका छैनन् ।
सन् २०२१ सम्मका लागि सदस्यता लिने म्याद एकदिन बाँकी रहेको अवस्थामा बिहिबार दिनभर नै एनआरएनए अमेरिकाको वेवसाइटमा खराबी देखियो । बेलुकामात्र उक्त समस्या समाधान गरिएको छ ।
सदस्यता फारम भरिसकेपछि सब्मिट गर्ने बेलामा आन्तरिक सर्भरमा खराबी भएको भन्दै सन्देश आएको थियो । तर अब उक्त समस्या समाधान भइसकेकाले सदस्यता लिन चाहनेहरुले निर्वाध सदस्यता लिन सक्नेछन् ।






