यसरी बन्नुहोस् एनआरएन अमेरिकाको सदस्य (स्टेप बाई स्टेप तरिका)


प्रकाशित मिति : माघ २१, २०७५ सोमबार

यदि तपाई एनआरएन अमेरिकाको सदस्य बन्न चाहनुहुन्छ भने यो स्टेपहरु पछ्याउनुहोला ।

१ – एनआरएन अमेरिकाको आधिकारिक वेवसाइटमा जानुहोस् ।

२ –  ‘मेम्बर रजिस्ट्रेशन’ थिच्नुहोस् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

३ – अब तपाईले ४ वटा विकल्पहरु पाउनुहुनेछ ।

– म नेपाली नागरिक हुँ र दुईबर्षभन्दा बढी सार्क मुलुकहरुभन्दा बाहेकका देशमा बस्दै आएको छु । र अहिले अमेरिकाका बस्दै आएको छु । म अमेरिकाको ग्रिनकार्डप्राप्त स्थायी बासिन्दा होइन ।

– म नेपाली नागरिक हुँ र म अमेरिकाको ग्रिनकार्डप्राप्त स्थायी बासिन्दा हुँ ।

– म अमेरिकी नागरिक हुँ । र म वा मेरा बुबाआमा वा हजुरबा हजुरआमा नेपाली नागरिक हुनुहुन्थ्यो ।

– म अमेरिका, नेपाल र सार्क मुलुकहरु बाहेकको विदेशी नागरिक हुँ । र म वा मेरा बुबाआमा वा हजुरबा हजुरआमा नेपाली नागरिक हुनुहुन्थ्यो ।

यी चारमध्ये तपाईसँग मिल्दोजुल्दो एउटा विकल्प छान्नुहोस् ।अनि सब्मिट बटन थिच्नुहोस् ।

४ – त्यसपछि तपाईले नाम, थर, जन्ममिति, ठेगाना, मोबाइल नम्बर, इमेल, सदस्यता प्रकार उल्लेख गर्ने फर्म देखिन्छ । त्यसमा सबै विवरण भर्नुहोस् । साथमा पासपोर्ट साइजको फोटो पनि अपलोड गर्नुहोस् ।

५ – त्यसपछि तपाईले सदस्यताका लागि तपाईको परिचय खुल्ने कागजात पेश गर्नुपर्छ । तपाईलाई ६ वटा विकल्पहरु दिइनेछ ।

– अमेरिकी राज्यबाट जारी चालक अनुमतिपत्र
– अमेरिकी सरकारबाट जारी पासपोर्ट
– अमेरिकी सरकारबाट जारी ग्रिनकार्ड
– अमेरिकी सरकारबाट जारी स्टेट आईडी
– अमेरिकी सरकारबाट जारी जन्मदर्ता प्रमाणपत्र
– नेपाल सरकारबाट जारी पासपोर्ट र अमेरिकामा बसेको प्रमाण

उपयुक्त फोटो आईडीको ब्यहोरा छान्नुहोस् । र अपलोड गर्नुहोस् । 

६ – ‘सिग्नेचर’ मा पुरा नाम लेख्नुहोस् । आजको मिति लेख्नुहोस् । अनि बलियो पासवर्ड छान्नुहोस् । त्यसपछि तपाइले सदस्यताका शर्तहरु मान्ने स्वीकृति प्रदान गर्नुपर्छ । शर्तहरु स्वीकार गर्नु अगाडि पढ्नु उपयुक्त हुनेछ ।

७ – ‘आई एम नट रोबोट’  मा थिच्नुहोस् । उस्तै दृश्यहरू चिन्नुपरेमा चिनिदिनुहोस् ।अनि  ‘सब्मिट’ थिच्नुहोस् ।

८ – भेरिफिकेशन कोड फोनको टेक्स्ट मेसेजमा आउँछ भने इमेलमा लिंक आउँछ।  इमेलमा आएको लिंकमा क्लिक गर्नोस र फोनमा आएको भेरिफिकेशन कोड भर्नोस।

९ – सदस्यता शुल्क तिर्नका लागि ‘पे वीथ पेपल’ मा थिच्नुहोस् । पेपल या क्रेडिट/डेबिट कार्डबाट पैसा तिर्नुहोस् ।

तपाईको सदस्यता बन्ने प्रकृया पूरा भयो ।

यदि तपाईको इमेलमा लिंक आएन भने कतै तपाईंले एन आर एन ए अमेरिकाबाट यस अगाडी आउने गरेको इमेल अनसब्सक्राइब त गर्नुभएको छैन ? वा सो इमेल स्पाम रिपोर्ट त गर्नुभएको छैन? यदि त्यसो हो भने नयाँ इमेल राखनकोलागि एनआरएन अमेरिकालाई अनुरोध पत्र लेखेर पठाउनोस । यदि त्यसो गरेको छैन, इमेल ठेगाना पनि सहि नै भरेको छ र पनि इमेलमा लिंक आएन भने सिधै  वेवसाईटमा जानोस र लग इन गर्नुहोस् र सदस्यता शुल्क तिर्नुहोस् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com