अमेरिकी सरकारको युएससीआईएसको श्रोतपेज अब नेपालीमा पनि


प्रकाशित मिति : माघ १, २०७५ मंगलबार

अमेरिकी सरकारको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेज युएससीआईएसले विभिन्न २५ वटा भाषामा निर्माण गरेको श्रोतपेजमा नेपाली भाषापनि समावेश गरेको छ । अब युएससीआईएसको वेवसाइटमा गएर नेपालीहरुले नेपाली भाषामा नै श्रोत पेज पढ्न पाउनेछन् ।

वेवसाइटको सुरुमा भाषा छनौटका लागि विकल्प दिइएको छ । जसमा २५ वटाभाषाको सुची रहेको छ । नेपालीमा क्लिक गरेर नेपालीभाषामा उपलब्ध श्रोत सामाग्रीहरु पढ्न सकिने व्यवस्था मिलाइएको छ ।

हिन्दी, उर्दु, स्पानिस लगायतका अन्य भाषामा पनि श्रोत पेज उपलब्ध छ । यद्यपी श्रोत पेजमा नेपाली भाषामा त्यतीे धेरै सामाग्रीहरु पनि राखिएको छैन ।

अमेरिकी सरकारको युएससीआईएसले अँग्रेजी भाषा बोल्ने बाहेकका अन्य सेवाग्राहीहरुलाई पनि सुविधा दिनका लागि विभिन्न भाषामा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com