सरकार शटडाउनका कारण सुनुवाई रोकिएका एसाइलमको नयाँ मिति सरकार खुलेपछि, १ बर्षसम्म पछि सर्नसक्ने


प्रकाशित मिति : पुस १८, २०७५ बुधबार

अमेरिकी सरकार आंशिक रुपमा शटडाउन हुँदा एसाइलमका अदालती सुनुवाईहरु रोकिएको छ । शटडाउनका अधिकांश अध्यागमन अदालतहरु बन्द भएपछि शटडाउनको समयमा तोकिएका एसाइलमका सुनुवाईहरु स्थगीत भएका हुन् ।

रोकिएका एसाइलमका मुद्दाको सुनुवाईको नयाँ मिति सरकार खुलेपछिमात्र प्रदान गरिने जनाइएको छ । तर यसरी दिने नयाँ मिति महिनौं वा बर्षौपछिको हुनसक्ने कानुन व्यवसायीहरुले बताएका छन् ।

अमेरिकी अध्यागमन अदालतमा झण्डै ८ लाख मुद्दाहरु पेन्डिङ अवस्थामा रहेको बखत अमेरिकी सरकार शटडाउनका कारण अदालती कामकारवाही रोकिदा ब्याकलग अझ बढेको छ । डिपार्टमेन्ट अफ जस्टिस अन्तरगत अध्यागमन अदालतहरुले थुनामा नराखिएका आवेदकका मुद्दाहरुको सुनुवाई अनिश्चितकालका लागि स्थगित गरिदिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी अध्यागमन अदालतमा रहेका अधिकांश मुद्दाहरु हिराशतमा नरहेका आवेदकहरुको रहेको छ । तर हिराशतमा राखिएका आप्रवासीहरुका मुद्दाहरुको सुनुवाई भने स्थगित नभएको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com