कसरी चल्यो भारतीय अभिनेता कादर खानको मृत्युको हल्ला ?


प्रकाशित मिति : पुस १६, २०७५ सोमबार

चर्चित भारतीय अभिनेता, लेखक तथा निर्देशक कादर खानको मृत्यु भएको भन्ने खबर झुटो रहेको बताइएको छ । एकाएक कादर खानको मृत्युको हल्ला चलेपछि उनका छोरा सर्फराजले यो खबर झुटो भएको स्पष्ट पारेका छन् ।

भारतीय सञ्चार माध्यामहरुमा आएका खबरअनुसार भारत सरकारको स्वामित्वमा रहेको अल इन्डिया रेडियोले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा कादर खानको मृत्युको खबर पोस्ट गरेको थियो । ट्वीटरमा सुप्रसिद्ध अभिनेता तथा संवाद लेखक हाम्राबीच रहेनन् इश्वरले उनको आत्मालाई शान्ती दिउन् भनेर लेखिएको थियो ।

हाल उक्त ट्वीट डिलिट गरिएको छ । त्यही खबरलाई आधार मानेर धेरैले कादरको मृत्यु भएको हल्ला फैलाएका हुन् । हल्लापछि उनलाई श्रदाञ्जलि दिनेको बाढी नै चलेको थियो । छोरा सर्फराजले आफ्ना बाबुको मृत्यु भएको खबर झुटो भएको र उनी अहिले क्यानडाको अस्पतालमा उपचाररत रह को बताएका छन् । नेपालमा पनि सामाजिक सञ्जालतिर कादर खानको मृत्यु भएको भन्दै थुप्रैले उनलाई श्रदाञ्जली दिएका छन् । ८१ वर्षीय कादर लामो समयदेखि बिरामी थिए । श्वास लिन समस्या भएपछि उनलाई केहीदिन अघि अस्पताल भर्ना गरिएको बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com