‘बिजुली बस’मा बदमासी : चीनमा हैन भारतमा बनेकाे, पुराना र खिया लागेका पार्टपूर्जा !


प्रकाशित मिति : पुस १६, २०७५ सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि तामझामका साथ उद्घाटन गरेका बिजुली बस खरिदमा बदमासी भएको पाइएको छ ।सार्वजनिक टेन्डर आह्वान गरी लुम्बिनी विकास कोषसँगको सहकार्यमा साझा यातायातले पहिलाे चरणमा ५ वटा बिजुलीबाट चल्ने बस ल्याएकाे थियाे । तर चीनमा बनेका गुणस्तरीय बस ल्याउने सम्झौताविपरीत आपूर्तिकर्ताले भारतमा बनेका पुराना बस ल्याएको थाहा पाएपछि सरकारले पुनः चीनबाट खरिद गर्न निर्देशन दिएको छ ।मन्त्रालय स्रोतका अनुसार, ब स खरिदका क्रममा १७ वटा कैफियत अर्थात बदमासी भएको देखिएको छ ।

समितिको अध्ययनअनुसार ती बस चीनमा बनेको नभई भारतमा बनेको पाइएको हो मन्त्रालय स्राेतले जान कारी दिएकाे छ ।पर्यटन मन्त्रालयले मेका निकल उपसचिव दीपक देवकोटाको संयोजकत्वमा बिजुली बसबारे अध्ययन गर्न प्राविधिक समिति गठन गरेको थि यो।अध्ययन समितिले बस गुणस्तरहीन भएको र सार्वजनिक यातायातका लागि चलाउन अयोग्य रहेको प्रतिवेदन पेश गरेको छ । मापदण्डभन्दा कमसल गुणस्तरका रहेको ती बसकाे मोडल नै फरक पाइएको छ । बसको स्पिड मिटरले सही सूचनासमेत नदिएको समितिले उल्लेख गरेको छ ।

बस कहिले उत्पादन भएको भन्ने व्यहोरा नै अस्पष्ट देखिएको र सिट कभर च्यातिएको तथा पाङ्ग्राका नटहरुमा खिया लागेको देखिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार, बसको पार्टपूर्जा भारतमा बनेको र त्यसमा पनि कतिपय पार्टहरुमा खिया लागेको देखिएको छ । आपूर्तिकर्ता कम्पनीबाट बस नेपाल भित्र्याउँदा नै भारतमा उत्पादन भएको व्यहोरा वीरगन्ज भन्सारमा उल्लेख भएकाे प्रतिवेदनमा जनाइएकाे छ ।गत कार्तिक ६ गते प्रधानमन्त्री ओलीले चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेको भनिएका ती ५ बस मध्ये २ बसको ललितपुरस्थित साझा यातायातकाे कार्यालय परिसरमा शुभारम्भ गरेका थिए ।

उद्घाटनलगत्तै प्रधानमन्त्री र मन्त्रीहरु साेही बस चढेर सिंहदरबार गएका थिए । तर त्यसपछि बस सञ्चालनमा नअाइ थन्किएका छन् ।बिजुली बस खरिदका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र आपूर्तिकर्ता कम्पनी बीवाईडीबीच भएको टेन्डर सम्झौतामा चीनमा बनेका गुणस्तरीय बस ल्याउनुपर्ने शर्त थियो । तर सो कम्पनीले किन र कसरी भारतमा बनेका बस आपूर्ति गर्यो भन्ने प्रश्न उब्जिएको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।बस मापदण्ड विपरीत पाइएपछि मन्त्रालयले ती बसको भुक्तानी रोक्का गर्दै बस फिर्ता गरेर चीनमै बनेका गुणस्तरीय बस आपूर्ति गर्न निर्देशन दिएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com