चीनबाट नेपाल आएर कपडा पसल खोल्ने २० बर्षीय युवती, ५०० मा ब्ल्यांकेटदेखि ज्याकेटसम्म


प्रकाशित मिति : पुस १५, २०७५ आईतबार

नेपालमा चीनको सरसामान खासै ब्रान्डेड मानिदैन । चीन बाहेक बेलायत, थाइल्याण्ड, जापानको सरसामान जतिनै गुणस्तरीय हिन भएता पनि गुणस्तरको मानिने तर चाइनिज सरसामान भने जति नै गुणस्तरको भए नि गुणस्तरीय हिन मानिन्छ।

नेपालीहरु मार्फत ‘मेड इन चाइना आज छ भोलि छैन’ भनेर चाइनिज सरसामानको गुणस्तरमा मजाक पनि नबनेको होइन। यस्ता चुनौतीलाई पार गर्दै नेपालमा चाइनिज सरसामानको व्यवसाय गर्नेको कमि पनि छैन।

त्यस्तै बिगत लामो समय देखि चीनमा बस्दै आएकी पेमछोकी शेर्पा हाल भक्तपुर बस्दै आएकी छिन्। उनले छुट्टै उदेश्यका साथ नेपालमा व्यापार सुरु गरेकी छिन्। बनेपा, सातदोबाटो, सुर्यविनायक र गौशाला गरि नेपालको चार ठाउँमा उनले सुपथ मुल्यको व्यवसाय सुरुवात गरेकी छिन्।

चीनबाट नेपालमा लत्ताकपडाको सामान ल्याएर हरेक सामान मात्र रु. ५०० मा बेचिराखेकी छन उनी। ‘आफ्नो मामा र मामाको साथीको सलाह सुझाब र सहयोगमा मामासँग नै पार्टनरशीपमा आफुले उक्त व्यवसाय सुरु गरेको’ उनी बताउछिन। यस्तै व्यवसाय चीनमा पनि छ र नेपालमा पनि यो व्यवसाय फस्टाउने सम्भावना देखेर उक्त व्यवसाय सुरु गरेको उनको भनाई रहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मात्र रु ५०० मा हरेक समान उपलब्ध भएकोले धेरैले ति सामानहरु दुब्लिकेट, प्रयोग गरिसकेको र गुणस्तरीय हिन हो कि भन्ने आसंका पनि गर्दछन। तर यो आसंकालाई स्पस्ट पर्दै उनि भन्छिन ‘ हाम्रो समान सबै गुणस्तरीयका नै हुन्छन।

बिना फाइदा कोहि पनि व्यवसाय गर्दैनन। सानो समान जस्तै कि पर्स, बच्चाको कपडाले हामीलाई फाइदा हुन्छ।’ ‘सुपथ मुल्यमा व्यवसाय गरेकोले मलाई ओरपरबाट धेरै धम्कि पनि आइसकेको छ तर मैले हरेश नखाई आफ्नो व्यवसायमा नै ध्यान दिदै आएको छु’ उनि भन्छिन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com