दाङमा विद्युतीय बस सञ्चालनमा ल्याउँछौँ : मुख्यमन्त्री पोखरेल


प्रकाशित मिति : पुस १५, २०७५ आईतबार

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले तुलसीपुरको विकासका लागि नयाँ ढङ्गबाट योजना बनाउनुपर्ने समेत बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाले आज आयोजना गरेको तुलसीपुर आर्थिक विकास सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले परम्परागत ढङ्गबाट अब तुलसीपुरलाई ‘स्मार्ट सिटी’ बनाउन नसकिने भन्दै तुलसीपुुरको विकासका लागि अब नयाँ योजना बनाउनुपर्ने उहाँको भनाइ छ ।

मुख्यमन्त्री पोखरेलले दाङमा यस आवदेखि विद्युतीय बस सञ्चालन गर्ने प्रदेश सरकारको लक्ष्य रहेको र त्यसमा स्थानीय पालिकाहरुको साक्षेदारी आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले विद्युतीय बस सञ्चालनले दाङलाई वातावरणमैत्री बनाउन सहयोग पुग्ने बताउनुभयो । “विद्युतीय बस सञ्चालन गरेमा बसबाट उत्पन्न हुने प्रदूषण न्यूनीकरण हुने र मुलुक नयाँ युगमा प्रवेश गरेको आभास हुने उहाँको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विकासका लागि स्थानीय जनताको रुचि र सहभागिता हुनुपर्ने भन्दै उहाँले अहिले दाङका उपमहानगरहरु भौगोलिकभन्दा पनि जनताको सङ्ख्याका आधारमा निर्माण गरिएको भन्दै उहाँले अहिले उपमहानगरहरु विकासका दृष्टिले कम्जोर भएको बताउनुभयो ।

उपमहानगरपालिकाको विकासका लागि स्थानीय तहहरुबीच सहकार्य हुन आवश्यक रहेको समेत उहाँको भनाइ थियो । गाउँलाई बजारसँग जोड्ने गरी योजना बनाउनुपर्ने समेत उहाँको भनाइ छ । अहिले दाङका कुनै पनि शहर व्यवस्थित नभएको भन्दै ती शहरलाई व्यवस्थित बनाउन निकै चुनौती सामना गर्नुपर्ने उहाँको भनाइ छ ।

उपमहानगरपालिकालाई व्यवस्थित बनाउन बजार बाहिरको व्यक्तिको जग्गालाई अधिग्रहण गर्ने र ती जग्गामा व्यवस्थित बजार बनाएर आम्दानी भएको फाइदा जग्गाधनीलाई दिने तथा अर्को विकल्पका रुपमा व्यक्तिको जग्गा अधिग्रहण गरी त्यसमा विकास गर्ने र मूल्यवृद्धि गरी व्यक्तिलाई फिर्ता दिने तथा त्यसको केही हिस्सा उपमहानगरपालिकाले लिने गरेमा व्यवस्थित शहर निर्माण हुने उहाँको भनाइ छ ।

मुख्यमन्त्री पोखरेलले शहरलाई व्यवस्थित गर्न व्यवस्थित सडक, घरहरुको डिजाइन, बिजुलीको प्रयोग, ढल निकास, नदी किनारका बारेमा योजना, खोलाको किनारको बस्ती व्यवस्थितलगायत कुरामा ध्यान दिनुपर्ने बताउनुभयो ।

त्यस्तै शहरका नागरिकलाई ग्रामीण क्षेत्रमा बसोबास गर्ने वातावरण तयार पार्नुपर्ने, बजारका उत्तरतिरका पहाडलाई हिल स्टेशनका रुपमा विकास गर्नुपर्ने तथा दक्षिणतिरका फाँटमा रात्रिकालीन विकासका रुपमा ध्यान दिनुपर्ने बताउनुभयो । तुलसीपुरको ‘क’ लाइनलाई व्यावसायिक केन्द्रका रुपमा संरचनाहरु तयार पार्नुपर्ने, राम्रो होटेल व्यवसायको विकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।

दाङमा उत्पादन भएको मनसुली चामलले काठमाडौँमै राम्रो बजार पाएकाले मनसुली ब्राण्डका रुपमा विकास गर्नुपर्ने, कृषिको विकासमा ध्यान दिनुपर्ने, दाङलाई कर्णालीकै ‘ट्रान्जिट प्वाइन्ट’का रुपमा विकासका लागि शिक्षा, स्वास्थ्य, उद्योग, सूचना तथा प्रविधिको विकास लगायतमा ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा आर्थिक विकासमा लगानी व्यवस्थापन तथा सम्भावनाबारे विष्णु पुरी, तुलसीपुर उपमहानगरपालिकामा आर्थिक विकासका सम्भावना, नीति तथा कार्यक्रमका बारेमा बाबुराम रानाभाट, प्रदेश सरकारको स्थानीय आर्थिक विकाससम्बन्धी रणनीति र सोच बारेमा पाँच नम्बर प्रदेश योजना आयोगका उपाध्यक्ष डा प्रकाश श्रेष्ठ, स्थानीय आर्थिक विकासको अवधारणाबारे तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले प्रस्तुति राख्नुभएको थियो ।

कार्यक्रममा सहभागीलाई स्वागत गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर आर्थिक विकास सम्मेलनबाट तुलसीपुरको आर्थिक विकासका लागि आएका सुझावलाई आउँदो वर्षको बजेट तथा नीति तथा कार्यक्रममा समावेश गर्ने बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com