पृथ्वीनारायण शाहको योगदानको चर्चा


प्रकाशित मिति : पुस १५, २०७५ आईतबार

पृथ्वीनारायण शाहको २९७औैँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय एकता दिवस तथा २९७औँ पृथ्वीजयन्ती मूल समारोह समितिले शनिबार यहाँ आयोजना गरेको नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह विषयक विचार गोष्ठीमा विद्वान वक्ताले उहाँले नयाँ नेपालको एकीकरणमा खेलेको भूमिकाबारे चर्चा गर्नुभएको छ ।

नेकपाका नेता तथा पूर्वमन्त्री भीम रावलले देशको निर्माणमा वडामहाराजाधिराजको विशेष योगदानलाई बिर्सन नहुने बताउँदै हामी सबै जातजाति मिलेर राष्ट्रिय हितलाई संरक्षण गर्नुपर्छ भन्नुभयो ।

उहाँले स्वाभिमान भएको व्यक्तिले मात्र मुलुकको एकीकरण गर्न सक्षम हुने भन्दै पृथ्वीनारायण शाहमा त्यो स्वाभिमान प्रष्ट भएको चर्चा गर्नुभयो ।

नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री डा रामशरण महतले नेपालको इतिहासमा पृथ्वीनारायण शाह सबैभन्दा महत्वपूर्ण सपुत भएको चर्चा गर्नुभयो । उहाँले राजा यक्षमल्लले पनि नेपालको एकीकरण गरे पनि पछि आफ्नो तीन छोरालाई काठमाडौँ, ललितपुर तथा भक्तपुर विभाजन गरिदिएका कारण नेपाल टुक्राटुक्रा राज्यमा परिणत भएको चर्चा गर्नुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले पृथ्वीनारायण शाहको नेपाल एकीकरणबाट चीन र भारतले पनि प्रेरणा हासिल गरेको बताउँदै पृथ्वीलाई आततायीको दृष्टिले हेर्न नहुने विचार व्यक्त गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठले जापान, फ्रान्स, जर्मन, इटली, बेलायत आदि मुलुकले आफ्नो सीमा विस्तार गरिरहेका बेला नेपालले पनि आफ्नो सार्वभौम रक्षाका लागि सीमा विस्तार गर्नु महत्वपूर्ण कार्य हो भन्नुभयो ।

उहाँले पृथ्वीनारायण शाहले गरेको सीमा विस्तारलाई आफूले विस्तारवादीका रुपमा नभई एकीकरणका रुपमा स्वीकार गर्ने बताउनुभयो ।
प्राध्यापक लालबाबु यादवले काठमाडौँका मल्ल राजाले पनि त्यसबेला तराईका चेलीबेटीसँग विवाहबारी गरेको प्रसङ्ग उल्लेख गर्दै ती राजाले काठमाडौँमा मैथली संस्कृति तथा साहित्यको विकास गर्न योगदान गरेको चर्चा गर्नुभयो ।

वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले पनि बोल्नुभएको सो कार्यक्रमको सभापतित्व अभियन्ता भरत बस्नेतले गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com