सीमामा बालबालिकाको मृत्यु हुनुमा डेमोक्र्याट दोषी : ट्रम्प
प्रकाशित मिति : पुस १५, २०७५ आईतबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको अमेरिकी सीमामा ग्वाटेमालाका दुई बालबालिकाको मृत्यु हुनुमा अमेरिकाको विपक्षी दल डेमोक्र्याटको दोष रहेको आरोप लगाएका छन्. ।
उनले शनिबार सो आरोप लगाएका हुन् । ट्रम्पले सीमामा पर्खाल लगाउने कुरामा डेमोक्र्याटले समर्थन गरेको भए सो अवस्था नै नआउने भएपनि डेमोक्र्याटको नीतिगत गल्तिका कारण यस्तो अवस्था आएको बताएका छन् । सीमामा यसै महिना ग्वाटेमालाकी एक ७ वर्षीय बालिका र अर्का एक ८ वर्षीय बालकको मृत्यु भएको थियो ।
ट्रम्पले सीमामा पर्खाल नलगाउँदा अमेरिका छिर्न पाइन्छ भनेर टाढादेखि मानिसहरु आइरहेको उल्लेख गरेका छन् । अमेरिकी सीमामा दुई बालबालिकाको मृत्युलाई लिएर अमेरिकी नीतिको विश्वव्यापी रुपमा आलोचना भइरहेको बेलामा त्यसको बचावट गर्दै अमेरिकी राष्ट्रपतिले आफ्नै देशको विपक्षी दलतर्फ दोष थोपरेका हुन् ।






