काठमाडौंको गोकर्णेश्वरस्थित भगवती उलन कारखानामा आगलागी, दुई करोडौँको क्षति


प्रकाशित मिति : पुस १४, २०७५ शनिबार

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ स्थित भगवती उलन कारखानामा आगलागी हुँदा करीब रु दुई करोड बराबरको क्षति भएको छ ।

कारखानाको ऊन पेल्ने यन्त्रमा शुक्रबार विद्युत् प्रवाह भई आगलागी हुँदा जेनेरेटर, मेसिन, ऊन बनाउने कच्चा पदार्थसमेत जलेर नष्ट भएको प्रहरी प्रधान कार्यालयले आज जनाएको छ ।

यसैगरी काठमाडौँ महानगरपालिका–१३ ताहचल डेरा गरी बस्ने काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–६ घर भएका ध्रुव दाहालको कोठामा गएराति आगलागी हुँदा लत्ताकपडा, भाँडावर्तनलगायतका सरसामान जलेर करीब रु पाँच लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

यता धारिलो हतियार प्रहार गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल पिपलबस्ती बस्ने दोलखाका ३६ वर्षीय दावा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोही नगरपालिका बस्ने २८ वर्षीय निर्मल सुनुवारलाई शुक्रबार शेर्पाले चक्कु प्रहार गर्दा घाइते भएका थिए । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com