बिरामी भएर घरमै थला पर्नुभएका लोकगायक बुद्धिकृष्ण लामिछानेको आज मध्याह्न ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ ।
चाँगुनारायण नगरपालिका– ७ स्थित आफ्नै निवासमा लामो समयदेखि पक्षाघातलगायत विभिन्न रोगले थलिनुभएका लामिछानेको निधन भएको उहाँकी छोरी सम्झनाले जानकारी दिनुभयो ।
‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर’…, ‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’…, ‘फाटेको दौरा लाएर, खोले सिस्नु खाएर’….जस्ता जीवन्त गीतका गायक लामिछानेको पछिल्लो समय निमोनियाको समेत उपचार भइरहेको थियो । उहाँका श्रीमती, दुई छोरा र तीन छोरी हुनुहुन्छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।