मिस्टर वर्ल्ड बडिबिल्डर महेश्वर महर्जन: ‘मिस्टर युनिभर्समा जान मन छ, तर पैसा छैन’


प्रकाशित मिति : पुस १३, २०७५ शुक्रबार

थाइल्याण्डमा सम्पन्न शारीरिक सुगठनमा विश्व स्तरको प्रतिर्स्पधामा स्वर्ण पदक जीतेर जुन व्यक्तिले नेपालीलाई गौरव गर्ने एउटा अवसर दिलाए आज उनै व्यक्तिको मुटुमा एउटा पीडा लुकेको छ।

बीबीसी नेपाली सेवासँगको कुराकानीमा शारीरिक सुगठनका खेलाडी महेश्वर महर्जनले भने, ”मिस्टर वर्ल्डमा सकि नसकि खर्च गरें। मिस्टर युनिभर्समा जाने मन छ। शारीरिक रुपमा तयारी गर्न सक्छु पनि। तर आर्थिक रुपमा कमजोर छु।”

दुई दशकभन्दा बढी शारीरिक सुगठनमा सक्रिय रहेर बिभिन्न पदक जीतेका महेश्वर महर्जनले हालै विश्वस्तरको प्रतिस्पर्धामा स्वर्ण पदक हासिल गरेपनि उनी आर्थिक अभावका बीचपनि तत्काल विश्राम लिने पक्षमा छैनन्।

उनले नयाँ लक्ष्य लिइसकेका छन् २०२०मा मिस्टर युनिभर्समा प्रतिस्पर्धा गर्ने, नेपाललाई अर्को स्वर्ण पदक दिलाउने।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर उक्त सपना साकार पार्न उनका सामु मुख्य चिन्ताको विषय बनेको छ तयारीका लागि चाहिने खर्च कसरी जुटाउने।

प्रतिस्पर्धा

मिस्टर वर्ल्ड अन्तर्गत ५५ केजीदेखि १०० केजीसम्मका विभिन्न तौल समूहमा विजेता खेलाडीबीच हुने प्रतिस्पर्धामा अब्बल ठहरिने खेलाडीलाई मिस्टर युनिभर्स घोषित गरिन्छ। जुन शारीरिक सुगठनमा सबैभन्दा ठूलो प्रतिस्पर्धा मानिन्छ।

विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशीपमा विश्वविजेता बनेपनि राज्यस्तर वा उक्त खेल सम्बद्ध निकायबाट आवश्यक सहयोग हुनेमा उनी विश्वस्त देखिदैनन्।

”राज्यले हेरेमा (सहयोग गरेमा) मिस्टर युनिभर्समा सहभागि हुन्छु, हेरौं केही हुन्छ कि,” उनले थपे।

तुलनात्मक रुपमा महँगो खेल मानिने ‘बडिविल्डिङ्ग’ अर्थात् शारीरिक सुगठनमा महर्जन ‘फिट’ अर्थात् तन्दुरुस्त देखिने हेतुले सन् १९९७मा व्यायामशाला पुगेका थिए।

काठमाण्डूको ढोकाटोलमा जन्मेहुर्केका महर्जन आफ्ना साथीहरु तथा प्रशिक्षकहरुको सुझावका आधारमा शारीरिक सुगठनमा व्यवसायिक रुपमा प्रवेश गरेको बताउँछन्।

अनुभव

सुरुवात देखिनै पौष्टिक आहार, व्यायामका लागि चाहिने शुल्क र अतिरिक्त खर्चको चाँजोपाँजो मिलाउन हम्मेहम्मे परेको उनको अनुभव छ।

पछिल्लो प्रतिस्पर्धाको पूर्वतयारीमा समेत आर्थिक अभावले नै निकै सतायो उनलाई।

उनी भन्छन्, ”कम्तीमा ६ महिना पूर्ण रुपमा तयारीमा लाग्नुपर्ने थियो। तर के गर्नु। आफै कमाएर खर्च गर्नुपर्छ। दुई महिना पूर्ण रुपमा सक्रिय भएँ। त्यसअघिका चार महिना प्रशिक्षकका रुपमा कार्यरत हुनुपर्यो।”

उनका अनुसार सामान्यतया शारीरिक सुगठनमा लाग्ने खेलाडीलाई कुनै प्रतिस्पर्धामा सहभागिताका लागि तयारी गर्दा हाल मासिक ७०-८० हजार रुपैयाँ जति लाग्छ।

”तर म जस्तो खेलाडी तथा प्रशिक्षकले मासिक रुपमा ३०-४० हजार रुपैयाँ मात्र आम्दानी गर्न सक्छन्। एउटा प्रतिस्पर्धामा सहभागी हुँदा वर्षभरिको कमाइ सकिन्छ,” महर्जनले भने।

”मिस्टर वर्ल्डका लागि खेल्दा मेरै ७/८ लाख खर्च भयो। ब्याङ्क खाता खाली छ। २०१५मा भुटानमा एसियाली स्तरको खेलमा स्वर्ण जित्दापनि सरकारबाट सहयोग पाउने आशा गरेको थिए र निरासामै सिमित हुनुपर्यो।”

थप समाचार

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com