साउदी अरबमा मृत्यु भएका ३० नेपालीको परीवारलाइ यस्तो खबर आयो


प्रकाशित मिति : पुस १३, २०७५ शुक्रबार

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपाली नागरिकले पाउनुपर्ने रकम नेपाल पठाएको छ । मृतक नेपाली कामदारका कानूनी हकदारले पाउने गरी उनीहरुले काम गरेको अवधिको लिन बाँकी तलब, भत्ता र ब्लडमनी समेत गरी पाँच लाख ८१ हजार ३३४ साउदी रियाल यही पुस ८ गते काठमाडौँस्थित परराष्ट्र मन्त्रालयको खातामा पठाइएको दूतावासले जनाएको छ । सडक दुर्घटना, आात्महत्या, प्राकृतिक मृत्यु, करेन्ट लागेर मृत्यु र कामको समयमा मृत्यु भएका ती नेपाली श्रमिकले पाउनुपर्ने तलब, भत्ता तथा क्षतिपूर्ति नेपाल पठाइएको हो ।

सडक दुर्घटनाबाट ज्यान गुमाएका रुपन्देहीका अखिलेश कुमार चौधरी, बाग्लुङका भीमबहादुर केसी, पाल्पाका विवेक कुँवर, धनकुटाका विक्रम घिमिरे, तनहुँका बुद्धिकुमार श्रेष्ठ, गुल्मीका दधिराम केसी, सर्लाहीका गोपालप्रसाद साह, गोरखाका ज्ञानबहादुर गुरुङ, झापाका झलक श्रेष्ठ र खड्ग चौधरी, सङ्खुवासभाका लालबहादुर तामाङ, खोटाङका मङ्गले सार्की, धादिङका नमराज खड्का, नुवाकोटका राजु तामाङ र दाङका टीकाराम चौधरीले पाउनुपर्ने ब्लडमनीबापतको रकम नेपाल पठाइएको दूतावासले जनाएको छ ।

त्यसैगरी मृतक स्याङ्जाका दलबहादुर गाहा, रुपन्देहीका धमबहादुर पुन, झापाका सरोजकुमार सुवेदी, सिरहाका सुजित यादव र नवलपरासीका योगेन्द्र चौधरीले पाउनुपर्ने रकम पनि नेपाल पठाइएको छ । प्राकृतिक कारणबाट मृत्युवरण गरेका रौतहटका दीपक परियार दमाई, ओलखढुङ्गाका जीतबहादुर राई, धनुषाका लक्ष्मण मण्डल केवट, नवलपरासीका नीमबहादुर सेन, झापाका ओमप्रसाद चापागाईं, सुनसरीका फूलचन चौधरी, धनुषाका रामनरेश पण्डित, झापाका रत्नबहादुर ग्याङ्मी मगर र करेन्ट लागेर मृत्यु भएका मकवानपुरका ज्वाला लामा योन्जन, कामको समयमा मृत्यु भएका धनुषाका सञ्जिव यादवले पाउनुपर्ने रकम पनि नेपाल पठाइएको दूतावासले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com