गीत सुनाउँदै बिरामी जाँच्छु


प्रकाशित मिति : पुस १३, २०७५ शुक्रबार

नेपाल आइडल सिजन टुको उत्कृष्ट १० मा आफ्नो ठाउँ सुरक्षित गरे, पोखराकी नीलिमा थापा र झापाकी अस्मिता अधिकारीले। गत वर्ष प्रमिला राई, सन्ध्या जोशी, सुजाता पाण्डे र केन्जल श्रेष्ठ गरी चारजना उत्कृष्ट १० मा थि ए। महिलालाई सिंगिङ रियालिटी सोमा अगाडि बढ्न कत्तिको अप्ठ्यारो छ ? संगीतमा महिलाको संख्या किन कम छ ? पेसाले नर्स नेपाल आइडल सिजन टुकी थर्ड रनरअप अस्मिता अधिकारी यसो भन्छिन उनकै सब्दमा म सानैदेखि गीत गाउन रुचाउँथेँ। बीए स्सी नर्सिङ सकाएर यसै बसेको बेला नेपाल आइडलको फर्म खुल्यो।

फर्म भरेँ, गीत गाएँ, जजहरूको राम्रो प्रतिक्रिया पाएँ।रिजल्टभन्दा पनि संगीत सिक्न भनी म आइडलमा आएकी थिए। यहाँसम्म आउँछु भन्ने थिएन। अत्यन्तै खुसी लागेको छ। देशविदेशमा मेरो स्वर मन पराउने फ्यानहरू भेटेकी छु। मेरो परिचय फेरिएको छ। परि वारले पनि निकै सहयोग गरे।महिलाहरू खुलेर संगीतमा आउने वातावरण अझै बनिसकेको छैन। गीत गाउनु, रियाज गर्नु र यसका प्राविधिक कुराहरू सिक्नु अत्यन्तै कठिन काम हो। कति क्षमता भएका साथीहरूलाई त यो क्षेत्रमा आउनै गाह्रो छ। धेरै महिला त आफ्नो चाहना मारेर बस्न बाध्य छन्।

स्वर राम्रो भए पनि कतिपय महिलाको संगीतप्रति लगाव छैन। पहिलो कुरा त आफूभित्रै नै चाहना हुनुपर्‍यो, संगीतप्रति लगाव हुनुपर्‍यो।करिब आठ नौ महिनाको समय त मैले आफ्नो व्यक्तिगत जिन्दगी सबै बिर्सिएँ। रातदिन रियाजमा खटिएँ। आफ्नो प्रस्तुति कसरी फरक र उत्कृष्ट बनाउने भनेरै हरपल सोच्ने गर्थें। आफूमा के कमजोरी छ, त्यो हटाउनेतिर लागेँ। बाल्यकालदेखि नै म भजन गाउँथेँ। गाउँघरमा धेरैको प्रशंसा पनि पाएकी छु, भजन गाएर। टाइटल विजेता चुन्ने अधिकार त जजलाई भन्दा पनि दर्शकलाई नै बढी थियो।

म निकै डुब्छु संगीतमा।पुरुष भएकाले विजेता बनेभन्दा पनि तुलनात्मक रूपमा महिला गायिकाहरूले भन्दा राम्रो गाएर विजेता बनेका हुन् भन्ने लाग्छ मलाई। अर्को कुरा महिलाको क्षमतामा विश्वास गर्ने, अगाडि बढ्न उनीहरूलाई सहयोग गर्ने समाज अझै बनिसके को छैन।महिलाले पनि सांगीतिक क्षेत्रमा निकै राम्रो गरिरहेका छन्। दर्शकको रोजाइमा पुरुष परे।पढाइ नर्सिङ तर रहर गीत गाउने दुवै फरक विधा हुन्। तर, अप्ठ्यारो लागेको छैन मलाई। दुवै कामलाई सँगसँगै लैजाने योजना छ। सेवाका लागि नर्सिङ र रुचि को विषय गायन। गीत सुनाउँदै बिरामीको उपचार गर्छु।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com