आमाले सहयोग नगर्नु भएको भए भारतको गल्लीमा भाँडा माझिरहेको हुन्थेः रवि ओड


प्रकाशित मिति : पुस १३, २०७५ शुक्रबार

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरका रवि ओड गत शनिबार नेपाल आइडलको दोस्रो संस्करणका विजेता बने। पुरस्कारस्वरूप उनले २२ लाख रुपैयाँ र एउटा होन्डा डब्ल्यूआरभी कार हात पारे।

उनी ठाडो भाका, लोकदोहोरी, पप, हिन्दी, नेपाली सबै खाले गीत गाउन सक्छन्। शिव परियार, सुगम पोखरेल र हेमन्त रानालाई आदर्श मान्ने रविसँग सृजना खड्काले खुलस्त संवाद गरेकी छिन्।

नेपाल आइडलको दोस्रो सिजनको विजेता बन्छु भन्ने लागेको थियो कि थिएन ?
अडिसन पार गरेपछि सांगीतिक क्षेत्रमै आफ्नो जीवन अगाडि बढाउँछु भन्ने सोचिसकेको थिएँ। तर, आइडल नै बन्छु भनेर चाहिँ सोचेको थिइनँ। सपना हो कि विपना जस्तो भइरहेको छ।

आइडल विजेताको घोषणा भइरहँदा स्क्रिनमा आफ्नो फोटो देख्दा कस्तो लाग्यो ?
सुरुमा थर्ड रनरअपको फोटो स्क्रिनमा आयो। त्यो फोटो अस्मिताको थियो। बाँकी हामी तीन जना थियौं। फस्ट, सेकेन्ड र थर्डमध्ये एक भएछु भन्ने लाग्यो। तर, मुटु कामिरहेको थियो। सेकेन्ड रनरअपमा सुमितको नाम आयो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विक्रम दाइ र म बाँकी भयौँ। त्यसपछि फस्ट र सेकेन्डमा एउटा भएछु भनेर ढुक्क भएँ। डर हरायो। फस्ट र सेकेन्ड जे भए पनि म खुशी थिएँ। विजेताको रूपमा स्क्रिनमा आफ्नो फोटो आउँदा त खुशीको सीमा नै रहेन। भावुक भएँ। भोट गरी मलाई जिताउने सबैलाई मनमनै धन्यवाद दिएँ।

आइडल सकिएपछि भारतको सुरतमा बस्दै आउनुभएका तपाईंको बुबालाई पनि फूलमाला लगाएर सम्मान गरियो भन्ने समाचार आइरहेका छन्, यो सुन्दा कस्तो लागिरहेको छ ?

एकदमै खुशी छु। बुबालाई नेपाल आइडलको स्टेजमा ल्याउने मेरो ठूलो धोको थियो। तर, त्यो सम्भव भएन। वाचम्यानको काम गर्ने भएकाले उहाँले छुट्टी पाउनुभएन। आइडल जितेपछि सुरुमा बुबासँग नै फोनमा कुरा गरेँ। फोन गर्दा उहाँ रोइरहनुभएको थियो।

त्यही बेला बुबालाई त्यहाँ साथीहरूले सम्मान गरिरहेका थिए। ‘‘तेरो छोरो हल्लेर हिँड्छ’ भनेर सुनाउनेहरूलाई तैँले गरेर देखाइस्’ भन्नुभयो। घरको जेठो छोरो भएकाले परिवारलाई यसले केही गर्ला भन्ने आश थियो।

आफूसँगैको साथीहरू काम गरेर घरमा पैसा पठाएको देख्दा मलाई पनि नरमाइलो लाग्थ्यो। बुबाको १० हजार भारुले चार जनाको पढाइ र घरखर्च चलाउनुपथ्र्यो। अब त्यो अवस्था रहेन।

आमा त फाइनल हेर्न काठमाडौं आउनुभएको थियो नि हैन ?
हो, आउनुभएको थियो। मैले जितिसकेपछि आमा पनि स्टेजमा आउनुभएको थियो। उहाँलाई त्यहाँ के भइरहेको छ, केही थाहा थिएन। उहाँलाई अंगालो हालेर मैले ‘मैले जितेँ’ भनेँ। उहाँलाई के जित्यो, के जित्यो भएको थियो। उहाँलाई नेपाली बोल्न आउँदैन। नेपाल आइडल के हो ? उहाँलाई थाहा छैन। उहाँ मेरी दोस्री आमा हो।

कान्छो भाइ तीन महिनाको हुँदा हाम्री आमा बित्नुभयो। हामी चार जनालाई उहाँले आफ्नै सन्तानजस्तै हुर्काउनुभयो। सबैका दोस्री आमा खराब हुँदैनन्। उहाँले मलाई सपोर्ट नगर्नुभएको भए आज म भारतको कुन गल्लीमा भाँडा माझिरहेको हुन्थेँ। अन्नपूर्ण पोस्ट् 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com