अमेरिकामा कृषि कामदारलाई नयाँ न्यूनतम तलब, कुन राज्यमा कति ?
प्रकाशित मिति : पुस १२, २०७५ बिहीबार
आगामी जनवरी ९ देखि लागुहुने गरी रोजगारदाताले अमेरिकामा कृषि कामदारहरुलाई प्रतिघण्टा कम्तीमा ११ देखि १५ डलरसम्म तिर्नुपर्ने भएको छ । अस्थायी एच टु ए कामदारहरुका सन्दर्भमा डिपार्टमेन्ट अफ लेबरले नयाँ ज्यालादर तोकेको हो ।
अब कृषि कामदारहरुलाई न्युयोर्कमा १३ डलर २५ सेन्टस, नर्थ क्यारोलिनामा १२ डलर २५ सेन्टस, एरिजोनामा १२ डलर प्रतिघण्टा ज्याला तोकिएको छ । त्यस्तै क्यालिफोर्नियामा १२ डलर ९२ सेन्टस्, ओरेगनमा १५ डलर ३ सेन्टस् र वासिंटनमा १५ डलर ३ सेन्टस् प्रतिघण्टा तिर्नुपर्नेछ ।

सबैभन्दा कम ११ डलर १३ सेन्टस प्रतिघण्टा तिरे पुग्ने राज्यहरुमा अलाबामा, कोलोराडो, जर्जिया, नेभाडा, साउथ क्यारोलिना र युटाह परेका छन् । सबैभन्दा बढी १५ डलर ३ सेन्टस् तिर्नुपर्ने राज्यहरुमा ओरेगन र वासिंटन परेका छन् ।
कुन राज्यमा कति ?








