टेनिसीमा नयाँ अध्यागमन कानुन, जेलमा रहेका कागजपत्रविहिनलाई आइससमक्ष बुझाइने
प्रकाशित मिति : पुस १२, २०७५ बिहीबार
आगामी जनवरी १ देखि टेनिसीमा नयाँ अध्यागमन कानुन लागुहुने भएको छ । जस अन्तरगत विभिन्न अपराध गरेर स्थानीय जेलमा रहेका आप्रवासीहरु कागजपत्रविहिन रहेको पत्ता लागेमा अमेरिकी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइस समक्ष बुझाइने भएको छ ।
शेल्बी काउन्टी जेलले स्थानीय प्रहरीबाट पक्राउ गरेर राखिएका आप्रवासीहरुलाई आइससमक्ष नबुझाउने गरेकोमा नयाँ कानुनले अब कागजपत्रविहिनलाई आइससमक्ष बुझाउन बाध्य पार्नसक्ने जनाइएको छ । जेलले हिराशतमा रहेका कागजपत्रविहिनरुलाई आफूसमक्ष बुझाउन संघीय अध्यागमनले दिएको आदेशको अवज्ञा गर्दै आएको छ ।

तर टेनिसीको संसदले यो बर्ष कागजपत्रविहिनहरुलाई संरक्षण प्रदान गर्ने स्थानीय सरकारलाई दण्डित गर्ने आशयको नयाँ कानुन पारित गरिसकेको छ । कानुन कार्यान्वयनमा गइसकेपछि त्यसको प्रभाव कस्तो हुनेछ भन्ने आँकलन गर्नभने अहिले नै मुस्किल छ ।
सामान्यता स्थानीय प्रहरीले कुनै पनि आप्रवासीहरुलाई पक्राउ गरेपछि आइसका अधिकारीहरुले त्यस्तो आप्रवासी कागजपत्रविहिन रहेको खण्डमा आफूहरु नआउँदासम्म हिराशतमै राख्न स्थानीय प्रहरी र जेललाई अनुरोध गर्छ । कागजपत्रविहिन आप्रवासीलाई संरक्षण प्रदान गर्ने सिटीहरुले आइसको यस्तो अनुरोधको अवज्ञा गर्छन् ।






