दोस्रो बिहे गर्ने सालीभेना पक्राउ
प्रकाशित मिति : पुस १२, २०७५ बिहीबार
बहुविवाहको अभियोगमा सालीभेना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ढकारी गाउँपालिका १ किम्तोलाका प्रेमप्रसाद रिमाल र मंगलसेन ६ कि उर्मिला भण्डारी पक्राउ परेका हुन् ।उनीहरुलाई जिल्ला अदालत अछामबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । रिमालकी जेठी श्रीमती जमुना भण्डारीले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुले ८ मंसिरमा भागेर वि वाह गरेका थिए ।
जेठी श्रीमतीबाट बच्चा नभएको भन्दै दोस्रो विवाह गर्न रिमालका परिवारले कर लगाएको प्रेमले बताए । रिमालले साली उर्मिलासँग दोस्रो पटक भागि विवाह गरेका हुन्।जेठी श्रीमती जमुना र कान्छी श्रीमती उर्मिला दिदीबहिनी हुन् । उता इलामको सन्दकपुर गाउँपा लिकाकी एक वृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा दुई युवकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।गत शनिबार घरमै गई जबर्जस्ती गरेको आरोपमा प्रहरीले इलामको सन्दकपुर गाउँपालिका–४ का ३० वर्षीय सोम राई र झापा बुद्धशान्ति गाउँपालिका–४ बुध बारे निवासी २७ वर्षीय उत्तम श्रेष्ठलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूमाथि अनुसन्धान शुरू गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।यसैगरी जिल्ला अस्पताल इलाममा कार्यरत कर्मचारीहरूमाथि हातपात गरेको आरोपमा प्रहरीले माईजोगमाई गापा–४ की सामना लि म्बू र इलाम नगरपालिका–९ का २२ वर्षीय राजन राईलाई पक्राउ गरेको छ ।ड्यूटीमा रहेका कर्मचारीमाथि हातपात गरेको आरोपमा प्रहरीले उनीहरूलाई राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरी हिरासतमा राखेर अनुसन्धान शुरू गरिएको उपरीक्षक श्रेष्ठले बताउनुभयो ।






