एसाइलम खोज्ने ५२२ जना आप्रवासीहरुलाई आज टेक्सासको एल पासोमा छाडिदै


प्रकाशित मिति : पुस १२, २०७५ बिहीबार

अमेरिकामा एसाइलम खोज्ने ५ सय २२ जना आप्रवासीहरुलाई आज टेक्सासको एलपासोमा छाडिने भएको छ । इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका अधिकारीहरुले उनीहरुलाई एलपासोका विभिन्न स्थानहरुमा छाड्न लागेका हुन् ।

उनीहरुमध्ये अधिकांशका लागि बसोबासको बन्दोबस्त गरिएको घोषणा गृह नामको गैर नाफामुलक संस्थाले जनाएको छ । गत आइतवार राती २ सय भन्दा आप्रवासीहरुलाई आइसका अधिकारीहरुले सडकमा छाडेपछि उक्त संस्थाले आज छाडिनेहरुलाई बसोबासको व्यवस्था गरेको हो ।

आइतबार ग्रेहाउण्ड बस स्टेशनबाहिर छाडिएकाहरुलाई बसोबासको कुनै व्यवस्था गरिएको थिएन । त्यसपछि उनीहरु टिकट बिना नै बस चढ्ने प्रयास गरेका थिए । प्रतिक्षालय समेत निकै सानो भएकाले कैयन आप्रवासीहरुले बाहिरको चिसोमा प्रतिक्षा गर्नुपरेको थियो । पछि चारवटा बस आएपछि उनीहरु बसमा चढेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्रिसमसको दिनमा पनि १८० आप्रवासीहरुलाई एलपासोमा छाडिएको थियो । दिउसो साढे १ बजेदेखि उनीहरुलाई छाड्न थालिएको थियो । यसरी छाडिएकाहरुमध्ये अधिकांशका बच्चाबच्चीहरु रहेको जनाइएको छ ।

यसरी यो साता झण्डै १२ सय जनालाई छाडिने अधिकारीहरुले जनाएका छन् । उनीहरु अमेरिकामा शरणका लागि आवेदन दिएका आप्रवासीहरु हुन् ।

तस्वीरमा क्रिसमस इभमा बस स्टेशनमा छाडिएका आप्रवासीहरु ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com