नेपालबाट कामदार ल्याउँदा म्यानपावर र दलाल सहभागी हुन पाउनेछैनन्


प्रकाशित मिति : पुस ११, २०७५ बुधबार

जापान सरकारले नेपालबाट कामदार लैजानको लागि नयाँ समझदारी गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । जापानको मन्त्रिपरिषदले नेपालल सहित ९ वटा राष्ट्रबाट कामदार ल्याउन नयाँ नियमावली पास गरेको भोलिपल्टै नेपालसमक्ष यस्तो प्रस्ताव गरेको हो । जापानको न्याय मन्त्रालयका उच्च अधिकारीहरु बुधबार टोकियोस्थित नेपाली दूतावासमा पुगेर नेपालबाट कामदार लैजाने बाटो खोल्नको लागि नयाँ समझदारी गर्नुपर्ने प्रस्ताव गरेको बाह्रखरी अनलाइनका लागि सुरेन्द्र पौडेलले लेखेका छन् ।

“जापानले नेपालबाट कामदार लैजानको लागि सहयोग सम्बन्धी नयाँ समझदारीपत्र (एमओसी) मा हस्ताक्षर गर्नुपर्ने प्रस्ताव ल्याएको छ । एमओसीले कुन प्रक्रियाबाट कति कामदार लैजाने भन्ने टुंगो लगाउँछ,” जापानको टोकियोस्थित नेपाली दूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले भने, “सन् २०१९ जनवरी दोस्रो वा तेस्रो साता नयाँ एमओसीका विषयमा छलफल तथा हस्ताक्षर गर्न जापानका सम्बन्धित पदाधिकारीहरु नेपाल जाँदै हुनुहुन्छ । कामदार जापान ल्याउने सम्पूर्ण प्रक्रिया त्यहीबेला टुंगो लाग्छ ।”

उपनियोग प्रमुखका अनुसार जापानको न्याय मन्त्रालयको एक टोली बुधबार दूतावास पुगेर नेपालबाट कामदार ल्याउने विषयमा छलफल गरेको थियो । विदेशी कामदारलाई जापानको न्याय मन्त्रालय र अन्तर्गतको अध्यायगमन विभागले हेर्छ । छलफलका क्रममा जापानी टोलीले नेपालबाट कामदार लैजानको लागि नयाँ नियम र नियमावली अनुसार नयाँ समझदारीपत्रमा हस्ताक्षर गर्नुपर्ने जनाएका थिए । यसको लागि उनीहरु जनवरीको दोस्रो वा तेस्रो साता नेपाल जाने जनाउ दिएका थिए ।

“एमओसी नेपाल र जापान सरकारबीच हुन्छ । कामदार कसरी ल्याउने भन्ने प्रक्रिया अझै स्पष्ट छैन । एमओसीमा हस्ताक्षर गर्नुअघि प्रक्रियाका विषयमा पनि छलफल हुन्छ । जापानले नेपाली कामदार ल्याउँदा उनीहरु ठगिन नहुने भनेको छ । म्यानपावर र दलालहरु प्रक्रियामा सहभागी नहुन् भन्ने जापान चाहान्छ,” उपनियोग प्रमुख अर्यालले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विदेशी कामदार सहज रुपमा भित्र्याउनको लागि जापानले गत नोभेम्बर २ मा नयाँ कानुन ल्याएको थियो । सोही कानुनलाई पूर्णता दिन जापानको मन्त्रिपरिषदले मंगलबार नयाँ नीति पास गरेको थियो ।

जापानले आगामी ५ वर्षभित्र ३ लाख ४५ हजार १ सय ५० विदेशी कामदार ल्याउने योजना बनाएको छ । नेपाल, चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमार, थाईल्याण्ड, फिलिपिन्स र भियतनामबाट कामदार लैजाने निर्णय जापानले गरेको छ ।

“जापानले २०१९ अप्रिल १९ बाट विदेशी कामदार नयाँ कानूनअनुसार ल्याउने योजना बनाएको छ । त्यसैले कामदार पठाउने सबै राष्ट्रसँग सो मिति अगावै ल्याउने प्रक्रिया टुंग्याउन चाहेको देखिन्छ,” उपनियोग प्रमुख अर्यालले भने, “जापानले २ वर्ष जापानमै काम गरिसकेका कामदारलाई भाषा नचाहिने र अन्यलाई अनिवार्य रुपमा जापानीज भाषाको ज्ञान हुनुपर्ने जनाएको छ । कामदार जाने क्षेत्रअनुसारको क्षेत्रगत सीपको दक्षता पनि हेरिने जनाइएको छ ।”

जापानले विदेशी कामदारको लागि १४ वटा क्षेत्रहरु तोकेपनि कुन राष्ट्रबाट कति कामदार कुन क्षेत्रमा काम गर्न ल्याउने भन्ने कोटा हालसम्म तोकेको छैन । भाषा परिक्षा कसरी लिने भन्ने विषयमा पनि जापान टुंगोमा पुगेको छैन र तयारी भने गरिरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com