राष्ट्रियसभामा कर्मचारी समायोजन अध्यादेश प्रस्तुत


प्रकाशित मिति : पुस ११, २०७५ बुधबार

राष्ट्रियसभाको आजको बैठकमा ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ प्रस्तुत भएको छ ।

बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उक्त अध्यादेश प्रस्तुत गर्नुभयो । संसद् बैठक नभएको बेला सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न उक्त अध्यादेश गत मङ्सिर २३ गते जारी भएको थियो ।

बैठकले पूर्वसांसद चक्रप्रसाद बाँस्तोला, पद्मरत्न तुलाधर र मोतिदेवी थारूको निधनप्रति शोक प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ । काङ्ग्रेसका तर्फबाट २०५१ र २०५६ सालमा प्रतिनिधिसभामा निर्वाचित बाँस्तोलाको ७२ वर्षको उमेरमा गत असोज २७ गते निधन भएको थियो ।

तत्कालीन नेकपा (एमाले)का तर्फबाट २०४८ र २०५१ सालमा प्रतिनिधिसभमा निर्वाचित तुलाधरको ७६ वर्षको उमेरमा गत कात्तिक १८ गते निधन भएको थियो । २०६३ सालमा तत्कालीन नेकपा (माओवादी) का तर्फबाट अन्तरिम व्यवस्थापिका–संसद् सदस्य रहनुभएकी थारूको ४५ वर्षको उमेरमा गत मङ्सिर १० गते निधन भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बैठकको शुरुमै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । राष्ट्रियसभाको अर्काे बैठक यही पुस १३ गते बिहान ११ बजे बस्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com