इन्टरनेटको शुल्क पाँच गुणाले बढ्ने
प्रकाशित मिति : पुस ११, २०७५ बुधबार
सूचना प्रविधिको क्षेत्र नेपालमा फस्टाउँदै गइरहेको बेला इन्टरनेटको मूल्यमा भारी वृद्धि हुने भएको छ । यसबाट अनलाइनमा सञ्चालित संघसंस्था र कम्पनीहरु तथा प्रयोगकर्ताहरु मारमा पर्ने भएका छन्।
इन्टरनेट सेवा प्रदायक कम्पनी (आइएसपान) ले इन्टरनेटको मूल्य बढाउने चेतावनी दिएपछि अब इन्टरनेट प्रयोगकर्ताहरुले पहिलाको भन्दा पाँच गुणा बढी रकम तिर्नु पर्ने अवस्था आउन सक्ने आइएसपानका अध्यक्ष भोजराज भट्ट बताउँछन्।
उनी भन्छन्, ‘विद्युत् प्राधिकरणले पोल तथा अप्टिल ग्राउण्ड वाइर (ओपीजी) को चार्ज पाँच गुणा बढाएपछि इन्टरनेट सेवा प्रदायक कम्पनी (आइएसपान) इन्टरनेट मूल्य बढाउन बाध्य हुनेछ। यसबारेमा नियामक निकाय र सरोकारवाला निकायले सुनुवाइ नगरे हामी पुस १७ गते पत्रकार सम्मेलन गरेर यसबारेमा जनतालाई जानकारी गराउनेछौ। ‘
उनका अनुसार विद्युत प्राधिकरणसँग पटक(पटक आइएसपानका पदाधिकारीहरुको टोली भेट्न जाँदा बेवास्ता गरेकाले इन्टरनेटमा मूल्य बढाउन बाध्य भएको भनाई छ।






