‘तेरा घाटा’ का गायक गजेन्द्रले मध्यराति नचाए नेपाली दर्शकलाई
प्रकाशित मिति : पुस ११, २०७५ बुधबार
कभर गायनमार्फत उदाएका भारतीय गायक गजेन्द्र बर्माले क्रिसमस इभको अवसरमा नेपालमा दमदार प्रस्तुति दिएका छन्।
‘गजेन्द्र बर्मा लाइभ इन नेपाल’ मा उनले दर्शकलाई छमछमी नचाएका छन्। पछिल्लो समय ‘तेरा घाटा’ गीतमार्फत लोकप्रिय बनेका गजेन्द्रले पहिलोपटक नेपालमा आफ्नो प्रस्तुति दिएका हुन्।
गजेन्द्रले क्लब डेजा भूमा राति १२ बजेपछि आफ्नो प्रस्तुति लिएर उपस्थित भएका थिए।
उनले ‘तेरा घाटा’ दुईपटक गाउनु परेको थियो भने अन्य हिट म्यासपमार्फत दर्शक नचाएका थिए। उनले आफ्नो भन्दा पनि बलिउडमा हिट नम्बरमा परेका गीत गाएका थिए।
उनले झन्डै डेढ घण्टा आफ्नो प्रस्तुति दिएका थिए। मेड्ले इभेन्ट र डार्क हर्स इभेन्टको संयुक्त्त आयोजनामा भएको ‘गजेन्द्र बर्मा लाइभ इन नेपाल’ मा दर्शकको सहभागिता उल्लेख्य थियो।






