गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि ८ अर्ब थप बजेट माग


प्रकाशित मिति : पुस १०, २०७५ मंगलबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले चालु वर्षमा विनियोजन भएको बजेट सकिएको भन्दै थप ८ अर्ब माग गरेको छ। विमानस्थलका लागि आवस्यक जग्गाा अधिग्रहणका लागि उक्त रकम माग गर्दै अर्थ मन्त्रालयमा प्रस्ताव पुगेको छ।

चालु वर्षका लागि जग्गा अधिग्रहणका लागि ५ अर्ब पाएको उक्त आयोजनाले अहिलेसम्म ४ अर्ब रुपैयाँ खर्च गरिसकेको छ। बाँकी १ अर्ब रुपैयाँका लागि सबै प्रक्रियामा गएकोले थप बजेट माग गरिएको अयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए।

कूल २३ अर्ब रुपैयाँ मुआव्जाबापत जाने अनुमान गरेको आयोजनाले हालसम्म १३ अर्ब रुपैयाँ वितरण गरिसकेको छ। अर्को वर्षको असोजबाट विमानस्थल संचालन हुनेबेलासम्म सबै मुआब्जा वितरण गरिसक्ने लक्ष्यसहित आफूहरु गएको र त्यही कारण थप बजेट माग गरिएको अधिकारीले जानकारी दिए।

‘एकातिर अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुने अर्कोतिर त्यही विमानस्थलले जग्गा ओगटिदिएका स्थानीयले मुआब्जा नपाउने हो भने त्यो उत्सबको रुपमा हुँदैन’ अधिकारीले सेतोपाटीसँग भने,‘हामी सकेसम्म आउने असारसम्म सबै मुआब्जा दिन चाहन्छौ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२२८ विगाह जग्गा अधिग्रहणका लागि नागरिक उड्डयन प्राधिकरणले २ वर्ष अघि प्रक्रिया अघि बढाएको थियो। अघिल्लो वर्षबाट मुआब्जा वितरण शुरु भएको थियो।

दोस्रो चराणमा विमानस्थल विस्तारका लागि पहिले जग्गा अपुग हुने भन्दै थप जग्गा अधिग्रहण गरिएको हो।

यो जग्गा अधिग्रहणको कामले हालको विस्तारको काम भने प्रभावित हुने छैन। पहिलेकै जग्गामा विस्तारको काम भइरहको छ। दोस्रो चरणमा टर्मिनल भवन, सुक्षा तथा अन्य पूर्वाधार बनाउनका लागि थप जग्गा चाहिएको भन्दै अधिग्रहण प्रस्ताव स्वीकृत भएको थियो।

पहिलो चरणमा विस्तारको काम ८ अर्ब बढी रकममा सकिने भएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com