अमेरिकामा पहिलो नेपाली कानुन व्यवसायी खगेन्द्र जीसी पाँचौंपटक सुपरलयर


प्रकाशित मिति : पुस १०, २०७५ मंगलबार

तीनदशक भन्दा लामो समयदेखि अमेरिकामा कानुन व्यवसायमा सकृय नेपाली मुलका कानुन व्यवसायी खगेन्द्र जीसी पाँचौंपटक सुपरलयर बनेका छन् । कानुन व्यवसायीहरुको रेटिङ गर्ने अमेरिकामा चर्चित सुपर लयर्स नामको रेटिङ कम्पनीले जीसीलाई सन् २०१४ देखि लगातार सुपरलयरको रेटिङमा राख्दै आएको छ । सुपरलयर्स

थोम्सन रोयटर्सले संचालन गरेको सुपर लयर्सले विभिन्न ७० वटा कानुनका क्षेत्रमा अभ्यास गर्ने कानुन व्यवसायीहरुको रेटिङ गर्दै आएको छ । सुपर लयर्सले प्रकाशित गर्ने म्यागाजिनमा छानिएका कानुन व्यवसायीहरुको प्रोफाइल समेत प्रकाशित गरिदै आएको छ ।

सुपरलयर्समा छानिनका लागि तेश्रो पार्टीले नोमिनेट गर्नुपर्ने हुन्छ । कानुन व्यवसायी आफैले आफैलाई नोमिनेट गर्न मिल्दैन । सुपर लयर्सको शोध समुहले पत्ता लगाएको खण्डमा पनि त्यो समुहले कानुन व्यवसायीलाई नोमिनेट गर्छ । यसरी विभिन्न चारवटा चरणपछि सुपरलयर्स छानिन्छ । कुल नोमिनेशनमा परेका ५ प्रतिशतलाई सुपर लयर्स र २ दशमलव ५ प्रतिशतललाई राइजिङ स्टार्स छान्ने गरिएको कम्पनीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुपर लयरमा छानिएका नेपाली कानुन व्यवसायी खगेन्द्र जीसीले सन् १९८७ मा कानुन व्यवसायीको लाइन्सेस प्राप्त गरेका थिए । त्यसयता उनले हजारौं ग्रिनकार्ड र भिसाहरु स्वीकृत गराइसकेका छन् । जीसीको न्युयोर्कमा क्षेत्री एण्ड एसोसिएट्स संचालनमा रहेको छ ।

नेपाल सरकारका लागि विश्भरबाट एकमात्र एनआरएन सल्लाहकार रहेका जीसी एनआरएन आईसीसीको नागरिकताको निरन्तरतासम्बन्धि टास्कफोर्सका को चेयर हुन् । सन् २०१४ मा जीसी एनआरएन अमेरिकाको अध्यक्षमा निर्वाचित समेत भएका थिए । अमेरिकामा वकालत गर्ने पहिलो नेपाली वकिल जीसी लामो समयदेखि सामाजिक सेवामा लागिपरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com