बेरोजगार युवालाई प्रचण्डको आह्वानः रोजगारी नपाए अदालत जाऊ


प्रकाशित मिति : पुस ९, २०७५ सोमबार

नेकपाका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेरोजगार युवाहरु रोजगारको माग गर्दै अदालत जान सकिने बताउनुभएको छ । आज (सोमबार) पश्चिम चितवन स्थित जगतपुरमा रहेको लक्ष्मी माविको स्वर्ण महोत्सवमा बोल्दै प्रचण्डले नेपालको संविधानले मौलिक हक अन्तरगत रोजगारीको ग्यारेन्टि गरेकाले अव बेरोजगार युवाहरु अदालत सम्म जान सक्ने बताउनुभएको हो ।

संविधानले शिक्षा, स्वास्थ्य, रोजगारीलाई नागरिकको मुलभुत अधिकारको व्यवस्था गरेकाले अव मुद्धा हाल्ने बेरोजगार, बिरामी र शिक्षा बाट बन्चितभएका नागरिकको पक्षमा अदालतले फैसला गर्नुपर्ने बताउनुभयो ।

“मौलिक अधिकारको रुपमा शिक्षा, स्वास्थ्य, रोजगारीलाई संविधानमा समावेश गरेपछि कानुन त बैधानिक रुपले अव नेपालमा कसैले शिक्षा हासिल गर्न बाट बन्चित भयो भने उसले अदालतमा गएर राज्यका विरुद्ध मुद्धा हाल्न सक्छ । यदी कोही बेरोजगार भयो भने त्यो बेरोजगारले रोजगारीका लागि मुद्धा हाल्न सक्छ,”उहाँले भन्नुभयो, “असोज ३ गते बनेको नयाँ संविधानले दिएको कानुनले अव बेरोजगार, अनि विरामी भएका नागरिकका पक्षमा शिक्षाबाट बन्चित भएका पक्षमा फैसला गर्नुपर्छ ।”
तर संविधानले उल्लेख गरेपनि व्यवहारमा उतार्न चुनौति रहेको बताउनुभयो । चितवन क्षेत्र नम्वर तीनका सांसद समेत रहनुभएका प्रचण्डले देशको विकासको पक्षमा नेपाली कांग्रेश पनि रहेकाले अव सबै मिलेरे देशको समृद्धिका लागि अभियान थाल्नुपर्ने भनाई छ ।

उहाँले नेपालमा नयाँ युगको सुरुवात भएको भन्दै नेपालमै रोजगारीको व्यवस्था गर्न राज्य सक्रिय रहेको दावि गर्नुभयो । उहाँले देशमा रोजगार सृजना गर्नका लागि सरकारले प्राविधिक शिक्षालाई जोड दिएको दावि गर्नुभयो । अहिले सामुदायीक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार आउँदै गरेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै उहाँले पार्टीको स्थायी कमिटिको बैठकमा बोल्ने क्रममा सकिएकाले अव पार्टी एकतालाई टुंगाउने र सरकारको कामलाई प्रभावकारी बनाउने निर्णयका साथ बैठक सकिने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com