राहत लिएर मुख्यमन्त्री शाही पुगे अग्नि प्रभावित क्षेत्रमा


प्रकाशित मिति : पुस ९, २०७५ सोमबार

कर्णाली प्रदेश सरकारले कालीकोटका अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान गरेको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा कालीकोटको पलाता गाउँपालिका–१ खाडाबस्ती पुगेको टोलीले आज अपराह्न राहत सामग्री वितरण गरेको हो । प्रदेश सरकारले प्रतिपरिवार रु २० हजार तथा खाद्यान्न र लत्ताकपडा वितरण गरेको छ ।

आइतबार राति भएको आगलागीमा सात जना घाइते हुनाका साथै ५० घरधुरी पूर्ण क्षतिग्रस्त भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव तोयनारायण सुवेदीले जानकारी दिनुभयो ।

नेपाली सेनाको हेलीकोप्टरमार्फत राहत सामग्री लिएर मुख्यमन्त्री शाहीसँगै राष्ट्रियसभा सदस्य जीवन बुढा, प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत र प्रदेशसभा सदस्य कुर्मराज शाहीलगायत अग्निप्रभावित क्षेत्रमा पुग्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सङ्घीय सरकारका तर्फबाट कालीकोट सदरमुकाम मान्मबाट तीन हजार केजी चामलसहित दाल, नुन, तेललगायत सामग्री अग्निपीडितलाई उपलब्ध गराइएको छ ।

त्यस्तै कालीकोटका तिलागुफा नगरपालिका, रास्कोट नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिकाले दुई–दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com