कालीकोटको पलाता गाउँपालिका– १ खाडा गाउँको न्यौपानेबस्तीमा आइतबार मध्यराति आगलागी हुँदा ४२ घर पूर्णरुपमा जलेका छन् । करिब ६५ घरमा क्षति पुगेको छ । अहिले आगो नियन्त्रणमा आएको गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । उनका अनुसार खरले छाएका र जोडिएका घर भएकाले ठूलो क्षति भएको हो । गाउँपालिकाका उपाध्यक्ष दाना न्यौपानेको घर पनि जलेको उनले बताए ।
आगलागीबाट मानविय क्षति भने भएको छैन । पुशचौपायाँ मरेको बताइएको छ । आगलागी भएको स्थान जिल्ला सदरमुकाम मान्माबाट ३२ कोष र गाउँपालिकाको केन्द्रबाट चार घण्टाको दूरीमा पर्दछ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।