दाङमा बस दुर्घटना हुँदा जुम्ला शोकमा, विमानस्थलमै रुवावासी


प्रकाशित मिति : पुस ९, २०७५ सोमबार

दाङमा शुक्रबार भएको बस दुर्घटनामा परी मृत्यु भएका २३ जनामध्ये ११ जना जुम्लाका विद्यार्थी परेपछि अहिले जुम्ला शोकमा डुबेको छ । सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा अध्ययनरत ११ जना जुम्ली विद्यार्थीको मृत्यु भएको हो । घाइतेमध्ये चार जना पनि जुम्लाकै रहेका छन् ।

मृतक जुम्ली विद्यार्थीहरुमा चन्दननाथ नगरपालिका–६ का १६ बर्षीया कुसुम रावल, वडा नं. ३ का १७ बर्षिय हिम्मत बोहरा, कनकासुन्दरी गाउँपालिका–५ का २० बर्षिय विरेन्द्र कडारा, हिमा गाउँपालिका–५ की १७ बर्षीया शैलजा शाही, चन्दनथान–१० का १८ बर्षीय रुपेशजंग शाही र १७ बर्षीय रितेन्द्र शाही, चन्दननाथ–५ का देवीप्रसाद उपाध्याय, तिला गाउँपालिका–१ का जंगबहादुर बिक, चन्दननाथ–३ का १८ बर्षका अर्जुन शाही, चन्दननाथ–१० का विपना खत्री र तिला गाउँपालिका–३ का रमेश उपाध्याय रहेका छन् ।

मृतकमध्ये आठ जनाको शव हेलिकोप्टरबाट जुम्ला पु¥याइएको छ । शव जुम्ला पुर्‍याइएपछि मृतकका आफन्तको विमानस्थलमै रुवावासी चलेको थियो । सन्तानलाई प्राविधिक शिक्षा पठाएर दुर्गमको सेवा गर्ने सपना बोकेका मृतकका आमाबाबा भावविह्वल भएका थिए ।

त्यस्तै दुर्घटनामा घाइते मध्येकाहरु तातोपानी गाउँपालिका–४ की १८ वर्षीया हिमाली हमाल, चन्दनाथ नगरपालिका–३ का १६ वर्षीय कुशेन्द्र खत्री, चन्दनाथ–२ का १७ वर्षीय जीवन भण्डारी र चन्दननाथ–४ की १६ वर्षीया बर्षा रोकाया रहेका छन् । उनीहरु सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । इमेज खबर

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com