सरकार ढाल्ने सपना अहिले नसोचौं ,बेला आएपछि जनताले ढाल्छन् : युवा नेता थापा


प्रकाशित मिति : पुस ८, २०७५ आईतबार

नेपाली कांग्रेसका युवा नेता गगन थापाले केपी शर्मा ओली नेतृत्वको बलियो सरकार बरालिएको बताएका छन । आइतबार प्रथम चापाकोट महोत्सवको समापन समारोहमा बोल्दै उनले उक्त कुरा बताएका हुन ।

ओली नेतृत्वको सरकार काममा होइन, सपनाको चक्रव्यूहमा बरालिएको उनले बताए ।’ नेपाली जनता र प्रतिपक्षीले काम गर्ने अवसर र वातावरण दिँदा पनि सरकारले काम गर्न नसकिएको उनले आरोप लगाएका छन।

दुई तिहाईको बहुमत सरकार हुँदा पनि कुनै काम गर्न नसक्नुले देशमा जनता कांग्रेसको विकल्प खोजिसकेको उनले बताए । ओलीले सुखी नेपाली–समृद्ध नेपाल’ नाराले जनतालाई जुक्याइरहेका छन्’, उनले भने, ‘नारा केवल नारामा मात्र सीमित हुने देखियो ।

उनले भने, ‘सरकारसँग काम गर्ने मौका र अवसर थियो । अवसर छोप्न र काम गर्न सक्नुपथ्र्यो सकेन, ।’देशको श्रमशक्ति विदेश बेचेर देश धनी र देशको समृद्धि नहुने उनले ठोकुवा समेत गरेका छन । ‘सरकार जग बलियो छ । दुई तिहाई बहुमत छ’, उनले भने, ‘सरकार ढाल्ने सपना अहिले नसोचौं ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेला आएपछि जनताले ढाल्छन्।’ नेपाली काँग्रेस सरकार ढाल्न भन्दा सरकारले गरेका गलत कार्य र प्रवृत्तिलाई नागरिक सामु पुर्याउन लाग्नुपर्ने भन्दै उनले कायकर्तालाई आग्रह गरे । फरक प्रसंगमा नेता थापाले ओली सरकार तत्काल कसैले चाहँदैमा ढाल्न नसक्ने बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com