गरिबीकै कारण आमाले आत्महत्या गरेपछि दिनभरी टायरमा गुटमुटिने अमृताले शैक्षिक अभिभावक भेटिन


प्रकाशित मिति : पुस ८, २०७५ आईतबार

चरम गरिबीकै कारण आमाले आत्महत्या गरेपछि अमृता किसानले साँधुरो कोठाको चिसो भुईमा सुत्छिन् । चार बर्षिया अमृता विहान उठ्ने वित्तिकै बेनपा–२ हाँडेभीरमा सवारीसाधन मर्मत गर्ने ग्यारेज आसपास सडकमा राखिएको टायरमा गुटमुटिने क्रम दिनभर चलिरहन्छ । खाली पेट, एकसरे लुगामा दुईबर्षको भाई अमृतसंगै सडकमा रमाउने गरेकी अमृताले भाई र आफुँलाई मागेरै खान्छिन् ।ग्यारेजमा आउने चालकले समेत धेरै मायाँ गर्छन् । स्थानीय यूवा ब्यवसायी सचिब सुमन श्रेष्ठले उ नीहरूलाई नियमित खाजाको ब्यवस्था गर्छन् ।

विहान, दिउँसो र बेलुकी खानाको कुनै ठेगाना छैन् । घरमा केही नभएको मौका छोपी गतबर्षको चैत्र १ गते बेनपा–२ हाँडेभीरमा आमा मैयाँ किसानले डेढबर्षको दुधेबालकलाई छोडेर आत्महत्या गरेपछि मावली हजुरआमा, मामासंग बस्दै आएका बालबालिकाको अवस्थाका बारेमा बेनीअनलाइनमा समाचार प्रकाशित भएपछि लत्ताकपडा, खाद्यान्न सहित आर्थिक सहयोग आउने क्रम जारी छ । म्याग्दी खोलाको नजिक टिनको छाप्रोमा चिसो भुईमा रात काट्ने गरेका बालबालिकालाई उच्च शिक्षासम्मको अभियानमा म्याग्दी जीप तथा बस सञ्चालक समितिले चार भाईबहिनी मध्ये एकजनालाई आवासीय सुविधा सहित सहयोगको घोषणा गरेको छ ।

शुक्रबार बसेको समितिको बैठकलले दयनीय अवस्थामा रहेका बालबालिकाको शैक्षिक भविस्यलाइ्र्र मध्यनजर गरी कक्षा १२ सम्म चार बर्षिय अमृताको शैक्षिक अभिभावकत्व ग्रहण गर्ने निर्णय भएको समितिका सचिव सुमन श्रेष्ठले बताए । ‘दैनिक हामीसंगै आउँछन्, ‘उचित संरक्षणको आवश्यकता महसुस गरी सहयोगको प्रतिबद्धता जनाएका हौ’ श्रेष्ठले भने । उनले समितिबाट मासिक शुल्क, आवासीय सुविधाका साथै एकजनालाई उच्च शिक्षाका लागी सहयोग गरिएको बताए।उनले गरिबीकै कारण शिक्षाबाट बन्चित हुनुपर्ने अव स्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

समितिका अध्यक्ष लाल बहादुर थापाले आमाले आत्महत्या गरेपछि बिचल्लीमा परेका बालबालिका मध्ये एकजनालाई सामाजिक दाहित्व अन्तरगत सहयोग गरेको बताए । उनले थप तीन भाईबहिनीलाई सहयोग जुटेपछि विद्यालयमा भर्ना गरिने बताए । बैदेशिक रोज गारको क्रममा विदेशमा रहेका बालबालिका पिताले खाना खर्च समेत नपठाउदाँ भोकभोकै बस्नुपर्ने बाध्यता रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com