प्रहरी प्रभागभित्रै गोली चल्यो, जवान घाइते
प्रकाशित मिति : पुस ७, २०७५ शनिबार
ललितपुरको लाँकुरी भञ्ज्याङ प्रहरी प्रभागभित्रै गोली चलेको छ।
प्रभागका इन्चार्ज असई रमेश तामाङको पेस्तोलबाट चलेको गोली लागेर प्रहरी जवान रोशन श्रेष्ठ घाइते भएका छन्। उनको दायाँ गालाबाट लागेको गोली बायाँतर्फबाट निस्केको छ। घाइतेलाई प्रहरी अस्पताल महाराजगन्ज लगिएको छ।
गोली अनलोड गर्ने क्रममा गएराति असावधानीवश गोली चलेको अनुमान गरिए पनि थप अनुसन्धान भइरहेको ललितपुरका एसपी शेखर खनालले बताए।
असई तामाङलाई नियन्त्रणमा लिई सातदोबाटो वृत्तमा राखिएको छ।
(हेडलाइनमा जवान घाइते हुनुपर्नेमा असावधानीवश यसअघि ‘असई घाइते’ भएकाले सच्याएका छौं- सम्पादक)






