गर्भवती महिलाले झुण्डिएर आत्महत्या गरिन्, बच्चा जिवितै जन्मियो


प्रकाशित मिति : पुस ७, २०७५ शनिबार

भारत मध्य प्रदेशको कटनी जिल्लामा एक गर्भवती महिला आत्महत्याका लागि झुण्डिएपछि बच्चा जन्मिएको छ । महिलाको मृत्यु भएपछि जन्मिएको शिशु जीवित रहेको र अहिले शिशुको अवस्था राम्रो रहेको डाक्टरले बताएका छन् ।

घटना बिहीबारको हो । कटनीको कोतवालीकी लक्ष्मी सिंह नाम गरेकी गर्भवती महिलाले डोरीको पासो लगाएर आत्महत्या गरेकी हुन् । उनले आत्महत्या गर्नुको कारण खुलेको छैन । उनी झुण्डिएको अवस्थामै शिशुको जन्म भएको हो ।

शिशुको नाभी चुँडिएको थिएन, त्यो देखेपछि परिवारका सदस्यले प्रहरी र अस्पतालमा सम्पर्क गरे ।

मृत महिलालाई जन्मिएको शिशुसँगै जिल्ला अस्पताल लगियो, शिशुको अवस्था गम्भीर थियो । डाक्टरले तत्काल शिशुलाई आइसियूमा राखे, त्यसपछि बिस्तारै अवस्था सुधार हुँदै आयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफूहरु घटना थाहा पाउने बित्तिकै घटनास्थल पुगेर शिशुलाई आमाबाट अलग गरेको डा। माखनलाल सेनले बताए । अहिले शिशुको अवस्था राम्रो रहेको डा। सेनको भनाई छ ।

अर्का डा। यशवन्त बर्माले घटनाबारे थप बताए, ‘महिला ९ महिनाकी गर्भवती थिइन् । शिशुको तौल झण्डै दुई किलोको थियो । महिला झुण्डिएपछि शिशु ग्र्याभिटिका कारण बाहिर आयो ।’

उनले अघि भने, ‘जब हामी जीवित हुन्छौँ धेरै कुरालाई रोकेर राख्छौँ । तर मृत्युपछि त्यसमा नियन्त्रण रहँदैन । यहि कारण ती महिलाको मृत्यु भएपछि बच्चा बाहिर आयो ।’

आत्महत्या गरेकी लक्ष्मीका पति सन्तोष सिंहका अनुसार घरमा सबै राम्रो थियो, के कारणले श्रीमतीले आत्महत्या गरिन् भन्ने थाहा नभएको उनको भनाई छ ।

आफूहरु बुधबार राति खाना खाएर सुतेको र भोलिपल्ट बिहान झण्डै ६ बजेतिर उठ्दा श्रीमतीलाई नदेखेपछि खोजी भएको उनको भनाई छ । लक्ष्मीले गोठमा गएर आत्महत्या गरेकी हुन् । सन्तोसका यसअघि नै दुई छोरा र दुई छोरी गरी चार सन्तान थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com