आमाबुवाले दिएको प्रेसर सहन सकिँन भन्दै आत्महत्या


प्रकाशित मिति : पुस ६, २०७५ शुक्रबार

आमाबुवाले दिएको प्रेसर सहन गर्न सकिँन भन्दै एक युवतीले आत्महत्या गरेकी छन् । बिएससी अन्तिम सेमिस्टारमा पढ्ने छात्राले घरको समस्याले आत्महत्या गरेको सुसाइड नोटमा भेटिएको छ । भारतको हरियाणास्थित यमुनानगरमा यो घटना भएको थियो । छात्रा डिएवी गर्ल कलेजमा अध्ययनरत थिईन् । उनी होस्टेलको कोठामा मृत फेला परेकी हुन् ।

उनको नाम छवि त्यागी थियो । छवि केही दिनदेखि तनावमा थिईन् । बिएससीमा कम्युटर साईन्सको परिक्षा दिने दिन नजिकिएको थियो । तर, उनले केही दिन अघि नै आत्महत्या गरेकी छन् । प्रहरीले घटना थाहा पाए लगत्तै पोस्र्टमार्टम गरेर परिवारको जिम्मा लगाएको छ । सुसाईड नोटमा भनिएको छ– म यो बिएससी पास गर्न सक्दैन । म बाट सम्भव छैन । यसको यति ठूलो प्रेसर म झेल्न सक्दैन । मैले धेरै सोचेँ अन्तमा मेरो साथ दिने कुरा सुन्ने कोही भएन आत्महत्या गरे । मलाई हिम्मत भएन ममी हजुरलाई अर्को ठाउँमा भर्ना गरिदिनुस् भन्नलाई । मेरो जीवन बिग्रियो । अब म बाँच्न सक्दैन । सुसाईड नोटमा भनिएको छ ।

घटनाको बारे छबिकी साथीले वार्डेनलाई बताएकी थिईन् । छबिलाई धेरै पटक फोन गर्दा नउठाएको भन्दै उनले होस्टेललाई जानकारी दिईन् । पछि कोठामा गएर हेर्दा छवि झुन्डिएको अवस्थामा फेला परेकी थिईन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com