डेढ अर्बको हेलिकोप्टर सुत्केरी बोक्न पनि प्रयोग हुने


प्रकाशित मिति : पुस ६, २०७५ शुक्रबार

सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भिभिआइपीका लागि भनेर खरिद गरेको हेलिकोप्टरले दुर्गम गाउँमा सुत्केरी हुन नसकेका महिलालाई समेत बोक्ने भन्दै त्यसको बचाउ गरेका छन्। आजको नागरिक दैनिकमा खबर छ  ।

‘राष्ट्रपतिकै लागि भनेर हेलिकोप्टर खरिद गरिएको होइन, यो राष्ट्रपतिलाई समेत कुनै जानकारी छैन, तत्कालीन सकारले गरेको निर्णयअनुसार खरिद प्रक्रियासमेत अघि बढेको अवस्थामा राष्ट्रपतिलाई मुछेर विवादमा तान्न खोजिएको छ। त्यो हेलिकोप्टरले भिभिआइपीमात्रै बोक्दैन, दुर्गम गाउँमा सुत्केरी हुन नसकेका महिलालाई उपचारका लागि ल्याउँछ,’ उनले भने। उनका अनुसार सो हेलिकोप्टरलाई गृह मन्त्रालयको निर्णयबिना अरुले सञ्चालन गर्न नपाउने व्यवस्था पनि गरिएको बताए। सरकारले उपचारबाट वञ्चित भएका सुत्केरी हुन नसकेका महिलाको उद्धार हेलिकोप्टरबाट गर्ने निर्णय गरिसकेको जानकारीसमेत मन्त्री बास्कोटाले दिए।

उनले सो हेलिकोप्टर राष्ट्रपतिकै लागि भनेर खरिद नगरेको दाबी गरे। उनका अनुसार २०७३ साउन १३ गते रक्षा मन्त्रालयले ८ अर्ब ५६ करोड खर्च गरेर चारवटा हेलिकोप्टर खरिद गर्ने निर्णय गरेको थियो। त्यो विपद् व्यवस्थापन, शान्ति सुरक्षा, नोट ओसारपसार गर्न तथा विस्फोटक पदार्थ ओसारपसार गर्नका लागि खरिद गर्ने निर्णय गरेको हो। उनका अनुसार अहिले ल्याइएको हेलिकोप्टर २०७४ जेठ १८ अमेरिकी डलर १ करोड ४३ लाखमा खरिद गर्ने निर्णय गरेको थियो। २०७४ माघ १० गते मन्त्रीस्तरीय बैठकबाट प्रतीतपत्र खोल्ने निर्णय तत्कालीन रक्षामन्त्री भीमसेनदास प्रधानले गरेको उनले बताए। ‘अहिले आएको पनि राष्ट्रपतिका लागि होइन, राष्ट्रपतिकै लागि हो भनेर जबरजस्ती प्रचार गर्न खोजियो, यो गणतन्त्रप्रतिको वितृष्णा हो,’ उनले भने ।

रेल किन्न ५० करोड
सञ्चारमन्त्री बाँस्कोटाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा भारतको जयनगरबाट नेपालको जनकपुर आउने रेल किन्न पचास करोड रुपैयाँ बजेट छुट्याएको बताए। उनका अनुसार रेल कन्न एक अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको भए पनि ततकालका लागि ५० करोड छुट्याइएको हो। भारतसँग भाडामा रेल लिएर चलाउने तयारी सरकारले अगाडि बढाए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनामा रेल किन्ने तयारी गरेको हो। बाँस्कोटाले छ महिनाभित्र भारतको जयनगरबाट जनकपुरसम्म रेल सञ्चालन हुने दाबी गरे। उनका अनुसार रेलको लिग ओछ्याउने काम सम्पन्न भइसकेको छ। जयनगरदेखि नेपालको जनकपुरको कुर्थासम्म ३५ किलोमिटर दूरीमा रेल सञ्चालन हुन लागेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वकीय सचिवले लिने गाडी सुविधाको बचाउ
बाँस्कोटाले मन्त्रीका स्वकीय सचिवले लिने गाडी सुविधाको बचाउ गरेका छन्। ९–१० बजे रातिसम्म काम गर्नुपर्ने स्वकीय सचिवलाई हिँडाएर घर पठाउन अप्ठ्यारो पर्ने भएकाले गाडी सुविधा लिने गरेको उनले बताए। ‘काम गर्दागर्दै सिंहदरबारमै राति ९–१० बज्छ, के मन्त्रीका पिएहरू सडकमै सुत्नुपर्ने हो ? त्यसो हो भने भोलिदेखि प्रधानमन्त्री र मन्त्री यो देशमा हुनुहुँदैन भन्ने अतिवादी सोच कसैले पनि नराखाैँ,’ सञ्चारमन्त्री बाँस्कोटाले भने। उनले स्वकीय सचिवले पाउने रकम कतिपयको मन्त्रीको खातामा जाने र कतिपयको मन्त्रीको सचिवालय खातामा जाने जानकारी दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com