विराटनगरको ‘बदमास केटो’: बिनासर्जरी आँखाको नानी प्रत्यारोपण गर्ने विश्वकै पहिलो डाक्टर


प्रकाशित मिति : पुस ६, २०७५ शुक्रबार

उनी बच्चैदेखि थिए, चकचके। नर्सरीमै पटक पटक फेल। बदमासीको हद पार हुन थालेपछि परिवारले सम्हाल्न सकेन। सात वर्षकै उमेरदेखि नै होस्टेल हाल्नपर्‍यो।
यो बदमास केटो ‘डाक्टर’ हैन ‘ड्राइभर’ बन्छ – सबै त्यस्तै भन्थे, उनको चर्तिकला देख्दा।

विराटनगरको ‘बदमास केटो’ लाई त्यतिखेर देख्ने जो कसैले अहिले देख्यो भने छक्कै पर्छन्। त्यो चकचके केटोको नाम हो किशोरराज प्रधान जसका अगाडि छ – डाक्टर। डाक्टरमात्र होइन, चर्चित डाक्टर। रेटिना स्पेसलिस्ट।

सानोमा सबैले चकचके र वदमास देखेको किशोरराजले यतिखेर धेरैको आँखाको पर्दा खोलिसकेका छन्।

रेटिना, अर्थात् आँखाको पर्दा जसलाई हामी खुल्ला आँखाले देख्न सक्दैनौँ। यसमा समस्या आउँदा उपचार नभए आँखाको ज्योति नै बन्द हुन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आँखाको संवेदनशील विषयका विज्ञ डाक्टर किशोरराज केटाकेटी छँदा विराटनगरमा वदनाम थिए तर अहिले विश्वभर चर्चित छन्। उनी आँखाको नानीमा ‘स्माइल लेजर’ हाल्ने नेपालका एक्ला डाक्टर हुन्। उनको परिचय यतिमै सीमित छैन।

उनले विश्वमै पहिलोपटक ‘सुचरलेस फर्मिङ ट्रान्सप्लान्ट’ गरे। विकसित देशका डाक्टरहरुले हात पार्न नसकेको सफलता उनको पोल्टामा छ। तिलगंगा अस्पतालको पहिचानलाई विश्वमा थप उचाई दिए उनले।

‘सुचरलेस ट्रान्सप्लान्ट’ अर्थात् आखाँको नानी फेर्दा टाँका नलगाइकन गर्ने सर्जरी। १ वर्षमात्रै भयो यो सर्जरी तिलगंगा आँखा अस्पतालमै सफल भएको। पोखराका सुनिल बरालको ‘सुचरलेस ट्रान्सप्लान्ट’ गरेका थिए उनले। हङकङमा गएर यसको रिपोर्ट पनि प्रस्तुत गरिसके। यसपछि उनीसँग अर्का विरामी पनि छन् जो यही प्रविधिबाट सर्जरी गराउँदैछन्।

‘वर्ल्ड वाइड वन अफ दि सक्सेसफुल स्टोरिज्,’ मुस्कुराउँदै भने, ‘अ बिग एचिभमेन्ट। एभ्रिबडी इज ह्याप्पी। यो ‘सेक्रेट’ हो। सफ्टवेयर मसँग मात्रै छ। कसरी गर्ने कसैलाई थाहा छैन।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com