आउँदो चार वर्षभित्र चितवन जिल्लाका कुनै पनि बाटोमा धुलोमैलो हुने छैन् :अध्यक्ष प्रचण्ड


प्रकाशित मिति : पुस ५, २०७५ बिहीबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको अहिले बसिरहेको बैठकमा समृद्धिको लहर ल्याउन दुईमहीने अभियान शुरु गर्ने तयारीका विषयमा छलफल भएको बताउनुभएको छ ।

शहीद स्मृति माध्यामिक विद्यालय पारसनगरको स्वर्ण महोत्सवका अवसरमा आज आयोजित श्रीमद् भागवत महापुराण तथा धनधान्याञ्चल ज्ञान महायज्ञको उद्घाटन गर्नुहुँदै उहाँले देशलाई समृद्ध बनाउनका लागि अभियानात्मक रुपमा जान जरुरी रहेको बताउनुभयो ।

सामान्यरुपले गएर नहुने भन्दै दाहालले भन्नुभयो, “हामी अहिले बसिराखेको पार्टीको बैठकमा दुईमहीने अभियान तुरुन्तै देशभरि, जनतालाई, पार्टीका साथीलाई र अन्य राजनीतिक दललाई पनि सँगसँगै समृद्धिको यात्रामा सहभागी गराउने विचार गर्दैछौँ ।

” विगतमा झैँ आउँदा दिनमा पनि सबैको सहयोगको अपेक्षा पनि उहाँले गर्नुभयो । विगतमा परिवर्तनका लागि मिलेर लडेको स्मरण गर्दै उहाँले समृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पार्टीको बैठक महत्वपूर्णरुपमा चलिरहेको भन्दै उहाँले बाहिर थुप्रै तितामीठा गरी आए पनि बैठकभित्र सौहार्दपूर्ण र खुलेर छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो बैठकबाट उचित निष्कर्षसहित देशमा नयाँ अभियान लिएर हामी आउँदैछौँ ।”

सरकारले सामुदायिक विद्यालयको गुणस्तरवृद्धिका लागि काम गरिरहेको भन्दै उहाँले विद्यालयको शिक्षा बेरोजगार पैदा गर्ने शिक्षा नहोस् रोजगार पैदा गर्ने खालको शिक्षा होस् भनेर लागिरहेको बताउनुभयो । अध्यक्ष दाहालले थप्नुभयो, “प्राविधिक र व्यावसायिक शिक्षालाई प्रथामिकता दिँदै जाने, सामान्य सैद्धान्तिक शिक्षाको मात्रा घटाउँदै लैजाने नीति लिएका छौँ ।”
सामुदायिक विद्यालय खस्किँदै जाने, निजी र व्यापारिक विद्यालय फस्टाउँदै जाने एउटा रोग जस्तो नेपालमा लागेको भन्दै उहाँले पछिल्ला वर्षमा सामुदायिक विद्यालय खरो प्रतिस्पर्धामा उत्रिएको बताउनुभयो ।

आफू निर्वाचित क्षेत्र रहेको प्रसङ्ग कोट्याउँदै अध्यक्ष दाहालले आउँदो चार वर्षभित्र चितवन जिल्लाका कुनै पनि बाटोलाई धुलोमैलो हुन नदिने बताउनुभयो ।

आफूलाई चितवन केन्द्रित हुन्छ भन्ने पार्टीभित्र आरोप लाग्ने गरेको भन्दै उहाँले भरतपुर महानगरले नमूनायोग्य काम गरिरहेकाले आफूलाई पनि सजिलो परेको बताउनुभयो ।

देशभरिले भरतपुर महानगरतिर आँखा लगाएर हेरेको भन्दै उहाँले जनताका पक्षमा निस्वार्थरुपमा काम भएको महानगरका रुपमा सिङ्गो देशले प्रेरणा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रमुखको नेतृत्वमा जसरी अहोरात्र खटेर नमूना बनाउने काम भएको छ । देशभरिले महानगरतिर आँखा लगाएर हेरेका छन् ।”

कार्यक्रममा प्रमुख वाचक बालकृष्ण अर्याल, भरतपुर महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष हरिविलास कोइराला, महायज्ञ मूल समारोह समितिका संयोजक एवं विद्यालयका अध्यक्ष विष्णुप्रसाद तिवारी, प्रधानाध्यापक दीपेश पौडेल, प्रवक्ता भागिरथ तिमिल्सिनालगायतले बोल्नुभएको थियो । महायज्ञ पुस १३ गतेसम्म चल्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com